लेखनाथ, २७ असोज । पोखरा महानगरपालिका वडा नं २७ मा रहेको रिठेपानी वचत तथा ऋण सहकारी सस्थाको ११ औ वार्षिक साधारण सभाले कुश प्रसाद गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
वर्तमान अध्यक्ष प्रकाश पन्त र उपाध्यक्ष अमन घलेले पदवाट राजिनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा वर्तमान सचिव कुश प्रसाद गुरुङ र उपाध्यक्षमा वर्तमान कार्यसमितिका सदस्य विष्णु गुरुङलाई सर्वसम्वत रुपमा चयन गरिएको हो ।
यसैगरि सोही साधारण सभाले सचिवमा विष्णु प्रसाद पौडेल, सह सचिवमा छविलाल कडेल र रिक्त रहेका दुई सदस्यमा तिल बहादुर गुरुङ र पार्वती भण्डारीलाई चयन गरेको छ अन्य सदस्य तथा पदाधिकारीहरु भने यथावत रहेको निर्वाचन संयोजक विष्णुहरि पौडेलले जानकारी दिएका छन् ।
यस पुर्वको समितिमा रहेका कोषाध्यक्षमा रामप्रसाद अधिकारी,सदस्यहरु तारादेवि गुरुङ, मञ्जु गुरुङ, मिना क्षेत्री तिमिल्सेना र सुर्य भटराईलाई यथावत राखेको छ भने समितिको लेखा संयोजकमा रेशम थापा र सदस्यहरुमा मन कुमारी तामाङ र पुष्पा गुरुङ रहेका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले सहकारीले ब्यवहारीक भन्दा पनि कानुनको दायरामा वसेर लगानी गर्ने हो भने सेयर सदस्यको लगानी सुरक्षीत हुने विश्वास दिलाएका थिए ।
सस्थाका अध्यक्ष प्रकाश पन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रगतिचोक आमा समाजकी अध्यक्ष देवी गुरुङ, लिटल फलावर वोडिङ स्कुलका प्रिन्सिपल विकल पौडेल लगाएतले सहकारीले ऋण लगानी गर्दा धन जमानी भन्दा पनि धितोलाई नै आधार मान्नु पर्ने सु्झाव राखेका थिए ।
सोही अवसरमा सस्थाका असल कारोवारी,असल ऋणि र भवन निर्माण समितिका संयोजक तुल बहादुर क्षेत्रीलाई सन्मान गरिएको थियो । सस्थाले दुई हजार दुई सय ३२ सेयर सदस्यहरुबाट चार करोड ६७ लाख, १५ हजार पाँच सयको सेयर पुजी बनाउन सफल भएको छ ।
Discussion about this post