घरपालुवा कुकुरलाई जथाभावी दिसा–पिसाब गराउने कुकुर धनीलाई पोखरा महानगरले कारबाही गर्ने सुचना जारी गरेको छ ।
सार्वजनिक स्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताइन् ।
कुकुरलाई बाहिर खुला ठाउँमा लगेर दिसा–पिसाब गराउने जनगुनासो आएपछि महानगरले निगरानी सुरूको बनाईन् । कुनै कुकुर धनीले सार्वजनिक स्थलमा लगेर कुकुरलाई शौच गराएको देखेमा गोप्य ढङ्गबाट महानगरमा खबर गर्न या प्रमाण उपलब्ध गराउन उनले महानगरवासीसँग आग्रह गरिन् ।
उनले एकपटकका लागि एक हजार र पटक–पटक शौच गराएको पाइएमा १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने नियमावलीमा भएको त्यसै अनुसार कार्वाही गरिने बताइन् ।
Discussion about this post