पोखरा, २० असोज । अन्तराष्ट्रिय रोटरी डिष्ट्रि३२९२ अन्तरगत रहेको रोट्रयाक्ट क्लब अफ लेखनाथले शैक्षिक सामग्री वितरण गरेको छ ।
पोखरा महानगरपालिका वडा नं.२८ स्थित रत्न शोभा माध्यमिक विद्यालयमा अध्ययन गर्ने जेहेन्दार छात्र छात्राहरुलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी उक्त शैक्षिक सामग्री वितरण गरेको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकदेव लामिछानेले रोट्रयाक्ट क्लबले विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरी थप विद्यार्थीहरुलाई पढ्न थप प्रोत्साह गरी हौसला प्रदान गरेकोमा क्लब परिविारलाई धन्यवाद दिएका थिए । अध्यक्ष लामिछानेले आगामी दिनमा क्लब र विद्यालय विच सुमधुर सम्बन्ध रहने विश्वास व्यक्त गरे ।
यसै गरी क्लबका पूर्व अध्यक्ष रोशन अधिकारीले रोट्रयाक्ट क्लबले गरेका कार्यक्रमको बारेमा स्पष्ट पार्दै क्लबले थोरै मात्रमा भए पनि शैक्षिक विकासमा सहयोग पुगोस भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताए । अधिकारीले विभिन्न स्थानमा अति आवश्यकीय परीयोजनाका कार्यहरु गरेको बताउँदै यस विद्यालयमा पनि त्यस्ता गर्ने पर्ने कुनै परियोजना भएको खण्डमा क्लबसँग समन्वय गर्न पनि आग्रह गरे । यसका लागि क्लबले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । यसै गरी विद्यालयका सहायक प्रधानाध्यापक उदयराज ओझाले क्लबले शैक्षिक सामग्री वितरण गरी शैक्षिक गुणस्तरमा विकास गर्न सहयोग पु¥याएकोमा क्लब परिवारलाई धन्यवाद दिंदै आगामी दिनमा पनि यस्ता काक्रमहरुको आयोजना हुने विश्वास व्यक्त गरे ।
क्लबका पूर्व अध्यक्ष सन्दिप ढुङ्गानाले स्वागत गर्दै कार्यक्रम माथि प्रकाश पारेका थिए। क्लबका अध्यक्ष कृष्ण तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव सरोज भट्टराइले गरेका थिए ।
Discussion about this post