पोखरामा पछिल्लो समयमा आँखाको रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापु) का बिरामी बढेका छन् । करिव एक महिनाको अबधिमा २६ जनामा ‘सापु’को संक्रमण भेटिएको हिमाल आँखा अस्पतालले जनाएको छ ।
वर्षायाम पछि नेपालको मध्यपहाडी क्षेत्रमा ‘सापु’को संक्रमण फैलने गरेको छ । विशेषगरी असोजदेखि मंसिरसम्म ‘सापु’ले प्रकोपको रुप लिने गरेको वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. इलिया श्रेष्ठको भनाई छ । पहिलो पटक सन् १९७५ मा पोखराको नारायणटारमा ‘सापु’ रोग भेटिएको थियो ।
सापूको रोगको यकीन कारण अझै पत्ता लागेको छैन, सेतो पुतलीको रौं आँखामा पुग्दा यसको सङ्क्रमण हुने गरेको छ। लक्षण देखिएको ४८ घण्टाभित्र उपचार नपाए दृष्टि नै गुम्न सक्छ, यो रोगबारे समुदायमा सचेतनाको जरुरी छ – श्रेष्ठ भन्छिन।
Discussion about this post