पोखरा । चाडपर्व नजिकिएसँगै पोखरा महानगरपालिकाले बजार अनुगमन थालेको छ । महागनरले बिहीबार लेखनाथ क्षेत्रका ६ वटा पसलमा अनुगमन गरेको छ । अनुगमन गरिएका ६ वटा पसलबाट म्याद नाघेका अखाद्य वस्तु मिसाइएका सामग्री नष्ट गरिएको छ । अनुगमनका क्रममा पोखरा ३० मा रहेको ए एन बी सर्पिङ सेन्टरबाट १३ हजार ७ सय ३५ रुपैयाँ मूल्य बराबरको म्याद नाघेका र अखाद्य वस्तु फेला परेपछि नष्ट गरिएको बजार अनुगमनमा सहभागी महानगरका ऋषि सापकोटाले जानकारी दिए ।
पोखरा ३० कै एन एस मिराज स्टोर्समा नापतौलका सामग्री दर्ता नगरेको, महानगरमा व्यवसाय नवीकरण नगरेको, सम्पत्ति कर नतिरेको देखिएकाले महानगर र नापतौल तथा गुणस्तर कार्यालयमा एक साताभित्र उपस्थित हुन निर्देशन दिइएको छ । त्यस्तै मक्क्त खुद्रा स्टोस पोखरा ३१ म पनि सामग्री नष्ट गरिएको छ भने लाहाचोक किराना पसल अखाद्य वस्तु मिसाइएका वस्तु फेला परेको र नष्ट गरिएको छ । लेखनाथकै म्याग्दी सुमन होटलबाट २० हजार बराबरको फ्राइ गरेको लेग पिस नष्ट गरिएको छ ।
पोखरा महानगरपालिका कार्यवाहक प्रमुख एवं अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा अनुगमन गरेको हो । अनुगमनका क्रममा अखाद्य वस्तु, म्याद नाघेका खाद्य सामग्री, मूल्यसूची नभएका, लेबल नलगाएका सामग्री फेला परेको अनुगमन अधिकृत पौडलले बताए ।
Discussion about this post