लेखनाथ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा राष्ट्रिय सौन्दर्यकर्मी यूनियन लेखनाथ ईकाई कमिटिको तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा–२७ रबि महलमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै पुर्व सांसद एवं राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालकी संस्थापक अध्यक्ष मिना गुरुङले कार्यक्रमले महिला दिदिबहिनीहरुको सामिप्यता थप सुमधुर बनाउनुका साथै सामाजीक कार्यमा समेत योगदान पुर्याउने उदेश्य राखेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरेकी थिईन ।
टिकट बिक्रि गरी त्यसबाट वचत रकम मृगौला पिडित र क्यान्सर पिडित विरामीलाई सहयोग गरिने अध्यक्ष लता गुरुङले जानकारी दिईन । कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल राष्ट्रिय कमिटिकी सदस्य पम्फा पहारी, संगिता पाण्डे, नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट गण्डकी प्रदेशकी सह–सचिव एवं महिला कमिटिका अध्यक्ष संगिता पाण्डे, राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल गण्डकी प्रदेशकी उपाध्यक्ष दुर्गा केसी, राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालकी निवर्तमान आर्थिक सचिव माया पुन गुरुङ, राष्ट्रिय सौन्दर्यकर्मी यूनियन लेखनाथ ईकाई कमिटिकी संस्थापक अध्यक्ष एवं गण्डकी प्रदेश सचिव जिना मगर, राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल पोखरा महानगर कमिटिकी अध्यक्ष ज्ञानु दर्जी लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष लता गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष संगिता केसीले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन सचिव मिरा मल्लले गरेकी थिईन ।
Discussion about this post