यातायात व्यवसायी हुँदै काष्ठ उद्योग व्यवसाय क्षेत्रमा प्रवेश गरेर २२ वर्षको अनुभव संगालेका युवा ब्यबसायी उपेन्द्र राज सुवेदी ‘राजु’ २०७२ सालदेखि लेखनाथ उद्योग वाणिज्य संघमा प्रवेश गरेका हुन्। एसोसिएट सदस्य, दोस्रो पटक खुला सदस्य, उपमहासचिव र वर्तमान कार्यसमितिको महासचिवको निर्वाचनमा समेत लोकप्रिय मतका साथ विजयी भएका सुवेदी यसपटक प्रथम उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन्।
उनि भन्छन – संघको संस्थागत हितका सवालमा मैले सधैं अग्रमोर्चामा रहेर काम गर्दै आएको छु। अब प्रथम उपाध्यक्ष भएर कुर्चीमा मात्र रहने होइन, व्यवसायीको हितको लागि अग्रपंक्तिमा रहेर संस्थाको हित र समाजप्रतिको दायित्वलाई कहिल्यै भुल्दिनँ ।
‘महासचिव हुँदा संघको सचिवालय व्यवस्थापन लगायतमा उत्कृष्ट कार्य गरेको अनुभव र मेरो कामप्रति अग्रजहरुले गरेको विश्वास, सल्लाह, सुझाव तथा लेखनाथ उद्योग वाणिज्य संघका उद्योगी, व्यवसायीको भावनालाई प्रतिनिधित्व गर्दै संघको हितमा म सधैं अग्रमोर्चामा रहेर काम गर्नेछु – उनि थप्छन।’
आर्थिक मन्दीका कारण मर्कामा परेका आम व्यवसायीलाई कसरी माथि उठाउन सकिन्छ भन्ने खोजी गर्दै सम्भावनाको खोजी गरिरहेका युवा व्यवसायीको हितमा लगानी मैत्री वातावरण सृजना गर्दै लेखनाथलाई कृषि र पर्यटनको क्षेत्रबाट विकास गर्नका लागि सबै तहका सरकारसँग पुलको रुपमा काम गर्ने प्रतिबद्धता सहित प्रथम उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको सुवेदी बताउछन।
Discussion about this post