लेखनाथ ,भदौ १६ । लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारी सस्थाको १५ औं बार्षिक साधारण सभा तथा पाचौं अधिवेशनले आगामी कार्यकालका लागि मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिवार सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा वर्तमान अध्यक्ष गुरुङलाई नै पुन: अर्को कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा कृष्ण प्रसाद तिवारी र लक्ष्मी बाँस्तोला, सचिवमा शिव प्रसाद न्यौपाने, कोषाध्यक्षमा रामप्रसाद तिवारी र सदस्यहरुमा निर्मला पौडेल,देव बहादुर सुनार र पुर्णिमा खनाल रहेका छन् भने समितिको लेखा समिति संयोजकमा केदारनाथ लामिछाने र सदस्यहरुमा गोमा लामिछाने र माधव प्रसाद तिवारी रहेका छन् ।
संस्थाको वार्षिक साधारण सभाको उद्घाटन गर्दै सस्थापक अध्यक्ष हुमनाथ वास्तोलाले वर्तमान अवस्थामा सहकारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गराउदै सहकारीले मितव्ययीताको सिद्धान्तलाई आत्मसाथ गर्दै अगाडी वढ्नु पर्ने आवस्यकता औल्याएका थिए ।
कार्यक्रममा सहकारीसँग आवद्ध सेयर सदस्यका छोरा छोरीहरु मध्यबाट कक्षा १२ उत्तिर्ण छ जना छात्र, छात्रा, सस्थाका कार्यकारी निर्देशक शंकर प्रसाद पौडेल, उत्कृष्ट कर्मचारी कृष्ण कुवँर, पि एच डी गर्नु भएका सेयर सदस्य विष्णु प्रसाद तिमिल्सेना र डाक्टर गणेश न्यौपानेलाई सम्मान गरिएको थियो ।
सस्थाका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष हिमालय ओझाले गरेकी थिईन भने कोषाध्यक्ष शिवप्रसाद न्यौपानेले आर्थीक प्रतिवेदन, सचिव कृष्ण प्रसाद तिवारीले प्रगति विविरण सस्थाका कार्यकारी प्रमुख शंकर प्रसाद पौडेलले भावी योजनाका बारेमा जानकारी गराएका थिए ।
सस्थामा आवद्ध एक हजार नौ सय ५३ सेयर सदस्यहरुबाट दुई करोड ६१ लाख सेयर पुंजी बनाउन सफल भएको छ भने जसको जगेडा कोष गत वर्षको तुलनामा बृद्धि भई एक करोड ९८ लाख पुगेको छ ।
- भिमपाणि बराल







Discussion about this post