लेखनाथ उद्योग बाणिज्य संघमा रहेर १४ वर्षसम्म काम गरिरहेको अनुभव संगालेका वर्तमान कार्यसमितिमा द्वितीय उपाध्यक्ष गोपीचन्द्र वास्तोला यस पटकको महाधिवेशनमा संघको जिम्मेवार भूमिका अर्थात प्रथम उपाध्यक्ष पदमा उम्मेदवार दिएका छन्।
उनि भन्छन – ‘ म निरन्तर र अनवरत रुपमा २०६८ सालदेखि बिभिन्न उपसमिति सदस्य हुँदै कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपमहासचिव र महासचिवको भूमिकामा रहेर संघको वर्तमान कार्यसमितिमा द्वितीय उपाध्यक्ष रहेर काम गरिरहेको छु। मैले हरेक व्यवसायीका पीर, मर्कामा प्रत्यक्ष रुपमा सहभागी भएर साथ दिएको छु भने उनीहरुका समस्यालाई पनि नजिकबाट नियाल्ने मौका पाएको छु। यो नै मेरो जित को आधार हो।’
उद्योगी व्यबसायीका माझ इमान्दारको छवि बनाएका बास्तोलाले आफ्नो व्यवसायलाई भन्दा उद्योगी, व्यवसायीको हितका लागि काम गरेकोले यसपाली पनि व्यबसायी हरुले मलाई प्रथम उपाध्यक्ष पदमा निर्वाचित गर्ने छन् – उनि थप्छन।
सम्पूर्ण व्यवसायीको एकताका कारण देशकै ‘क’ वर्गको उत्कृष्ट उद्योग वाणिज्य संघ बन्न सफल भएको हो। अब त्यसलाई बचाई राख्नु हाम्रो कर्तव्य भएको छ। त्यही एकतालाई अझै मजबुत बनाउन फुटाएर होइन, जुटाएर लैजानका लागि आगामी कार्यकालमा अनुमोदित हुनेमा बास्तोला विश्वस्त देखिन्छन।
Discussion about this post