सचिन रानाभाट
लेखनाथ, भदौ १२ । लेखनाथ उद्योग वाणिज्य संघको १४ औं महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वको लागी बिभिन्न १९ पदका लागि ३७ जना चुनावी मैदानमा उत्रेका छन्।
निवर्तमान सल्लाहकार भरतकुमार अधिकारी र वर्तमान वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ बीच अध्यक्ष पदका लागि प्रतिष्पर्धा हुने भएको छ भने वरिष्ठ उपाध्यक्षमा वर्तमान प्रथम उपाध्यक्ष राजेन्द्र ओझा र पुर्व उप महासचिव ऋषिराम जमरकट्टेल बीच प्रतिष्पर्धा हुने भएको हो। ओझा र जमरकट्टेल दुवै हार्ड्वयेर ब्यबसायी हुन् भने दुवै शिशुवालि समेत रहेका छन।
यस्तै प्रथम उपाध्यक्ष पदमा वर्तमान द्धित्तीय उपाध्यक्ष गोपिचन्द्र बास्तोला र वर्तमान महासचिव उपेन्द्र राज सुबेदी भिड्ने छन् भने द्धित्तीय उपाध्यक्षमा कार्य समिति सदस्य बिक्रम कर्माचार्य र पुर्व कार्य समिति सदस्य मेनुका श्रेष्ठ बीच चुनावी प्रतिष्पर्धा हुने पक्का भएको छ।
यता महासचिव पदमा वर्तमान उप महासचिव जानुका पराजुली अधिकारी र वर्तमान कार्यसमिति सदस्य जीवन तिवारी भिड्ने भएका छन् भने उपमहासचिव पदमा वर्तमान कोषाध्यक्ष भरत राज ओझा र पुर्व कार्य समिति सदस्य भिम बहादुर सार्की (काईला) बीच प्रतिष्पर्धा हुने भएको छ।
कोषाध्यक्ष पदमा भने वर्तमान कार्यसमिति सदस्य रहेका ध्रुव वावु भट्टराई (आई. डी.) र पुष्पमणि भट्टराई बीच प्रतिष्पर्धा हुने भएको छ।
दुई महिला सदस्य पदका लागि जमुना गिरी, प्रतीक्षा रानाभाट, प्रभा कुमारी पौडेल लामिछाने र सुमित्रा बन्जारा बीच प्रतिष्पर्धा हुने भएको हो।
सदस्य एसोसिएट पदमा भने प्रेम प्रसाद शर्माको मात्र उम्मेद्वारी परेकाले उनी निर्विरोध भएका छन् भने संस्थागत सदस्य तर्फ वर्तमान कार्यसमिति सदस्य विजय गुरुङ र कुल बहादुर रानाभाट बीच चुनाव हुने भएको छ।
यता वर्तमान कार्यसमिति सदस्य समेत रहेका गंगा कुमारी मल्ल, हरि बस्ताकोटी र भरत थापा तथा नयाँ अनुहारहरुमा अर्जुन भण्डारी, भविन्द्र पुन (भविन), भुवानीप्रसाद पौडेल, ई विजय न्यौपाने, बिन्दुचन्द्र बराल, बिरेन्द्र बानिया, बिरेन्द्र राज भुर्तेल, खेमराज बराल, कृष्ण प्रसाद सुवेदी, लक्ष्मी प्रसाद ढुङ्गाना (एल पि), राजन कल्याण वड्गामी, सुर्य प्रकाश ढुङ्गाना (एस पि) तथा टिकाराम सापकोटा बीच ८ सदस्य पदका लागि प्रतिष्पर्धा हुने भएको छ।
भदौ २३ गते हुने चुनावमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष सहित संस्थागत सदस्य एक, एशोसियट सदस्य एक, महिला आरक्षण सदस्य दुई र खुल्ला आठ सदस्यका लागि निर्वाचन हुनेछ।
Discussion about this post