लेखनाथ-
नागरिक परोपकार समन्वय संस्था कास्की तथा पोखरा म.न.पा वडा कार्यालय ३० ले डेंगु रोग र आँखा पाक्ने रोगविरुद्ध दुई दिने जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
संस्थाले लेखनाथ क्षेत्रमा डेंगु र आँखा पाक्ने रोगविरुद्ध स्थानीय बासिन्दालाई सचेतना जगाउनका लागि तालचोक, शिशुवा, वेगनासताल, खुदी, पावरहाउस, तल्लोगगनगौडा, लगायतका स्थानमा दुई दिने जनचेतना मूलक कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रमका लागि आवश्यक पर्ने स्वास्थ्य समाग्री र प्राविधिक टोलीमा शिशुवा अस्पतालका स्वास्थ्य कर्मी, शिशुवा आर्येुवेद औषधालय, सरुवा रोग अस्पताल मोहोरीयाको व्यवस्थापनमा पोखरा महानगरपालिका वडा नंं ३० का वडा अध्यक्ष नागरिक परोपकार समन्वय संस्था कास्कीका अध्यक्ष, उपाध्यक्ष लगायत सदस्यहरुको निर्देशनमा रोग नियन्त्रणका लागि वडा सरकार, टोल विकास सुधार समिति, महिला स्वास्थ्य स्वयम सेविका, आमा समूह, स्वास्थ्यकर्मी, शिक्षक, वुद्धिजीवी, राजनैतिक नेतृत्वलाई परिचालन गर्ने र, डेंगी रोग र आँखा पाक्ने रोग सम्बन्धी अभिमुखिकरण सञ्चालन गर्ने, आवश्यक औषधीको व्यवस्थापन र जगेडा गर्ने, आम जनचेतनाको लागि सो कार्यक्रम गरिएको जानकारी संस्थाका अध्यक्ष चिरञ्जीवी तिवारीले वताए ।
Discussion about this post