सचिन रानाभाट, लेखनाथ –
लेखनाथ उद्योग वाणिज्य संघको भदौ २२ र २३ गते हुन लागेको २७ औं साधारण सभा तथा १४ औं महाधिवेशनमा आज शनिवार उम्मेद्वारी दर्ताको कार्यक्रम रहेको छ।
बिहान १० :३० बजे देखि मनोनयन को फारम बितरण हुने र ११ बजे देखि अपराह्न ३ बजे सम्म उम्मेद्वारी दर्ताको कार्यक्रम रहेको निर्वाचन आयोगले बताएको छ।
संघमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष सहित संस्थागत सदस्य एक, एशोसियट सदस्य एक, महिला आरक्षण सदस्य दुई र खुल्ला आठ सदस्यका लागि निर्वाचन हुनेछ ।
Discussion about this post