सचिन रानाभाट, लेखनाथ – पोखरा महानगरपालिका ३२ मा रहेको बडहरे जाने बाटोमा पर्ने अठारको डिल स्थित तालखोलामा अस्थायी फलामे पुल बनेको छ।
डेढ महिना पहिला खबर चौतारी फेसबुक पेजमा ताल खोला पुल बारे एक पोस्ट सार्वजनिक भएपछी लेखनाथ खवर डटकमले सो पोस्ट लाई समाचार बनाएर प्रकाशित गरेपछि बिभिन्न मिडिया मा उक्त पुल बारे समाचार सार्वजनिक हुन थाल्यो। गण्डकी छड्के कार्यक्रमले भिडियो नै खिचेर महानगरको ध्यान खिचेपछि उक्त पुल बन्ने पक्का भएको हो।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको ६० प्रतिशत तथा पोखरा महानगरपालिकाको ४० प्रतिशत लगानीमा उक्त पुल निर्माण भएको हो ।
नयाँ पुल बनेपछि जोखिमपूर्ण तवरले वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएको पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए ।
तालखोलामा आवत जावत गर्न बनाइएको पक्कि कल्भर्ट (ढलान गरिएको छोटो पुल) भत्किएपछि बडहरेका २०० घरधुरी र ब्रह्मरुपा माध्यमिक विद्यालयमा अध्ययन गर्ने ६० जना भन्दा बढी विद्यार्थीहरु तीन वर्षयता आधा भाग भत्किएर खोलामा खसेको पुलको सल्याब माथि राखिएको बाँस र काठमा टेकेर जोखिमपूर्ण तवरले आवत जावत गर्दै आएका छन् ।
प्रदेशका भौतिक पूर्वाधार मन्त्री रेशमबहादुर जुग्जालीले गत साउन १४ गते सो ठाउँको स्थलगत निरीक्षण गरी १० दिनभित्र पुल निर्माण गर्न पूर्वाधार विकास कार्यालय कास्कीलाई निर्देशन दिएका थिए ।
Discussion about this post