पोखरा। पत्रकार शुद्धीकरण विषयमा परेको रिटमा उच्च अदालत पोखराले अन्तरिम आदेश जारी नहुने ठहर गरेको छ । न्यायाधीश रमेशप्रसाद राजभण्डारी र ऋषि राजभण्डारीको संयुक्त इजलासले सोमबार उक्त आदेश जारी गरेको हो ।
पत्रकार महासंघ कास्की सदस्य अधिवक्ता ईश्वरी पौडेलले नेपाल पत्रकार महासंघ कास्की र सोको कार्यसमितिलाई विपक्षी बनाउँदै साउन १६ गते उत्पे्रेषण परमादेशसमेतको रिट दायर गरेकी थिइन् ।
पत्रकार महासंघको निर्णयविरुद्ध चित्त नबुझे निवेदकले नेपाल पत्रकार महासंघमा पुनरावेदन गर्न पाउने अधिकार सुरक्षित नै रहेको देखिएको र अन्य विषय सम्बन्धमा विपक्षीबाट लिखित जवाफ पेसपछि सो सम्बन्धमा अन्तिम आदेश हुँदा सम्बोधन हुने नै भएकोले सुविधा र सन्तुलनको दृष्टिबाट समेत निवेदन मागबमोजिम तत्काल अन्तरिम आदेश जारी गरिरहन परेन भनी आदेश गरिएको छ ।
पत्रकार महासंघले १५ बुँदे पत्रकार शुद्धीकरण मापदण्ड मिचेर आफूखुसी छानीछानी सदस्य सिफारिस गरेको भन्दै अधिवक्ता पौडेलले रिट दिएकी थिइन् । पत्रकार महासंघको यो अभियान भने राजनीतिक पूर्वाग्रहका कारण पेचिलो बन्दै गएको पाइन्छ ।
Discussion about this post