लेखनाथ, ६ साउन ।
धादिङ पोखरा क्षेत्र नं. २ लेखनाथ कल्याणकारी समाज पोखरा–२६ ले शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । समाजले पोखरा–२६ माझको मुल स्थित पिकनिक स्र्पोटमा विभिन्न प्रजातीका फलफुलका विरुवा रोपेको हो ।
वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका वडा नं.२६ का सदस्य तिर्थ बहादुर राजभाटले विरुवा रोप्नु वातावरण र मानव जिवनका लागी अत्यन्तै फलदायी हुने वताउँदै रोपिएका विरुवाहरु हुर्काउनको लागी पनि बेला मौकामा हेरविचार गर्नुपर्ने वताएका थिए ।
उनले आफुहरु जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएको डेढ वर्षको दौरानमा वडाको विकासमा ठुलो फड्को मारेको दावी गर्दै महानगरमध्येकै उत्कृष्ट वडा बनाउने लक्ष्यका साथ वडासमिति लागिरहेको वताएका थिए ।
कार्यक्रममा समाजका अध्यक्ष बुद्धराज बस्यालले विरुवा रोप्नुभन्दा संरक्षण गरेर हुर्काउनु अझै महत्वपुर्ण कुरा भएको वताउँदै पिकनिक स्र्पोट अझै रमणीय बनोस र आन्तरीक तथा बाह्य पर्यटकहरुको संख्या बढोस भन्ने उद्धेश्यले वृक्षारोपणका लागी उक्त ठाउँ रोजीएको वताएका थिए ।
कार्यक्रममा पिकनिक स्र्पोट सञ्चालक समितिका सचिव ईश्वरीप्रसाद अधिकारी, वडा नं.२६ का सदस्य सन्दिप ढुंगाना लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष बुद्धराज बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका बरिष्ठ सल्लाहकार गोपाल नेपालीले स्वागत गरेका थिए भने धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष तेज बहादुर नेपालीले धन्यवाद ज्ञापन र कार्यक्रम सञ्चालन सचिव मिस्टर नेपालीले गरेका थिए ।
https://www.facebook.com/lekhnathkhabar/videos/671685131519338
Discussion about this post