लेखनाथ, १९ साउन ।
विगत १५ वर्षदेखि उद्योग व्यवसाय संचालन गर्दै आईरहेका उधमी राजेश्वर आचार्यले लेखनाथ उद्योग वाणिज्य संघको एसोसिएट सदस्य पदमा उम्मेदवारी दिने भएका छन ।
आचार्यले शुक्रबार पत्रकार सम्मेलनकाे आयोजना गरी संघकाे भदौ २३ र २४ गते हुन गइरहेको अधिवेशनमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।
विगतमा २ कार्यकाल लेखनाथ उद्योग वाणिज्य संघको उद्योग उपसमितिको सह-संयोजक रही काम गरेको अनुभव आफूसंग रहेको र आफ्नो अनुभव, योग्यता र क्षमतालाई कार्य समितिको सदस्यको रुपमा रही प्रयोग गर्नका लागि पनि उम्मेदवारी दिएको बताए ।
व्यवसायीहरुका पीर मर्का र समस्याहरु संग आफु नजिकबाट परिचित रहेको र व्यवसायीहरुका समस्यालाई समाधान गर्ने गरी उद्योगी व्यवसायीहरुलाई दक्ष बनाउन क्रियाशील भएर लाग्ने भएका कारण आफ्नो जीत निश्चित रहेको उनले बताए ।
आफु निर्बाचित भएको खण्डमा व्यवसायीक वातावरण तयार पार्ने देखी हरेक वर्ष लेखनाथ उद्योग वाणिज्य संघले गर्दै आएको मेलालाई अझै व्यवस्थित बनाउन प्रयत्न गर्ने, आफुसँग भएको अधिकतम ज्ञान र सिपलाई प्रयोग गर्ने, संघको कार्यशैली लाई नयाँपन दिन कार्यसमितिलाई सुझाव दिने, सदस्यहरु विस्तार गर्ने कामलाई निरन्तरता दिने र व्यवसायिक हक हितका सन्दर्भमा सधै अग्रपंक्तिमा रही काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
आचार्य बिगत ८ वर्षदेखि ग्रिन प्यार्क्स इण्डष्ट्रिज प्रालि पोखरा-३३ को प्रवन्ध निर्देशकको रुपमा काम गर्दै आइरहेका छन भने ग्रिन प्याकर्स ई. प्रा.लि., ग्लोबल प्लाष्टिक उद्योग, लक्ष्मी विल्डर्स एण्ड इन्फ्रा डेभलपर्स, एस. एन भिन्टेज प्रा.लि., रामराज हार्डवयर, एस. एस. हार्डवयर सप्लायर्स लगायतका व्यवसायीक प्रतिष्ठान र विभिन्न सामाजिक तथा आर्थिक संघ संस्थाहरुमा आवद्ध रहेका छन ।
Discussion about this post