लेखनाथ।
। उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्ने उद्देश्यसहित मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजको शाखा पोखरा २७ तालचोकमा खुल्ने भएको छ।
नेपालको लागि मुख्य कार्यालय काठमाडौँको पुतलीसडकमा रहेको मेट्सले केहि बर्ष अगाडी पोखरामा शाखा स्थापना गरेको थियो। पोखरामा रहेको शाखालाई स्थानान्तरण गर्दै तालचोकबाट आफ्नो सेवा शुरु गर्न लागेको हो।
१५ वर्षअगाडि स्थापना भएको शैक्षिक परामर्श संस्था जसले स्थापनाकाल देखि नै वैदेशिक शिक्षाका लागि विद्यार्थी तथा अभिभावकलाई सत्यतथ्य परामर्श दिदै आइरहेको छ । मेट्स इन्टरनेसनलले संसारभरि जस्तोसुकै परिस्थिति रहँदा पनि संख्याको आधारमा भन्दा पनि गुणस्तरीयताको आधारमा विद्यार्थीलाई शैक्षिकस्तर, भाषा परीक्षाको नतिजा तथा परिवारको आर्थिक अवस्थाको आधारमा सही कलेज र विश्वििवद्यालय तथा सम्बन्धित विषयको माथिल्लो तहका लागि उचित परामर्श दिँदै आएको छ ।
लेखनाथ र त्यस आसपास क्षेत्रका विद्यार्थी, अभिभावकहरुले उच्च शिक्षासम्बन्धी गुणस्तरीय शैक्षिक परामर्श सेवा आफ्नै घरआँगनबाट प्राप्त गर्न सकियोस् भनी यस शाखालाई थप प्रभावकारी बनाउन आधुनिकीकरण गरिएको मेट्स इन्टरनेशनल एजुकेसन एण्ड भिसा सर्भिसेसका ब्रान्च म्यानेजर निर्भान देवानले बताए । विदेश अध्ययन गर्न जाने विद्यार्थीका लागि परामर्श दिँदै आइरहेको यस संस्थाले हाल अष्ट्रेलिया, क्यानडा, युके लगायत युएसए, आयरल्याण्ड तथा न्युजील्याण्डमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई समेत परामर्श दिदै आइरहेको छ । एसि युक्त कोठामा प्रोजेक्टर सहित आईएल्टिस तथा पिटिइका कक्षा लगायतका सेवाहरु संचालन हुने उनले बताए ।
त्यस्तै मेट्सले साउन २२ गते सोमवार क्यानडा अध्ययनका लागि भिजा लागेका बिद्यार्थी हरुलाई प्रि डिपाचर सेशन राखेको छ। उक्त सेशनमा युनिभर्सिटी अफ क्यानडा वेस्ट तथा क्यान्टर्बुरी ईन्स्चिच्युट अफ म्यानेजेमेन्टका प्रतिनिधीले बृफिङ सेसन गर्ने ब्रान्च म्यानेजर देवानले बताएका छन ।
Discussion about this post