लेखनाथ, १६ साउन ।
लेखनाथ उद्योग बाणिज्य संघको आसन्न १४ औं महाधिवेशनमा कोषाध्यक्ष पदमा पुष्पमणी भण्डारीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । संघको चुनावको मिति नजिकिदै गर्दा भण्डारीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उम्मेद्वारी घोषणा गरेका हुन ।
युवा अवस्थामै आफूलाई सफल युवा व्यवसायीका रूपमा स्थापित गर्न सफल भण्डारी १३ औं महाधिवेशनमा खुल्ला सदस्यमा विजयी भई एक कार्यकाल कार्यसमिति सदस्यको रुपमा संघमा रहेर कार्य अनुभव बटुलीसकेका छन भने यसपाली युवाहरुको भावनालाई समेट्ने गरी उम्मेद्वारी दिने सोचमा रहेको उनले वताए ।
विगत लामो समय बैंकिङ करियरको समेत अनुभव बटुलीसकेको र उक्त ज्ञान र अनुभवलाई कोषाध्यक्ष पदमा रहेर भरपुर सदुपयोग गर्न चाहेको उनले वताए । संघमा आर्थिक पारदर्शिता, कोषको वृद्धि, लगानीको सहि सदुपयोग लगायतको विषयमा आफुले कुशल भुमिका निर्वाह गर्न सक्ने समेत उनले वताए ।
त्यस बाहेक पनि अहिले सुचनाको युग भएकाले सुचना प्रविधिको सहि सदुपयोग गर्दै संघको कार्यशैलीमै व्यापक परिवर्तन ल्याउन सक्ने उनले दावी गरे । साना व्यवसायी देखी उद्योगीहरु सबैलाई समेट्दै व्यवसायीक वातावरण तयार पार्ने, उद्यमशीलताको विकास गर्ने, पर्यटनको विकासमा उल्लेख्य पहल गर्ने उनको सोच रहेको छ ।
उनले आफु स्पष्ट बक्ता भएको र मुखले राम्रो र ठिक्क पार्ने होइन जती सक्दो समस्या समाधानको बाटो रोज्न तत्परताका साथ लागीपर्ने वताउँदै लेखनाथ क्षेत्रका उद्योगी÷ब्यवसायीहरुको हकहितका निमित्त आफ्नो अमुल्य मत दिएर विजयी गराईदिन अनुरोध गरेका छन ।
संघको अधिवेशन आगामी भदौ २२ र २३ गते हुँदैछ । संघमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष सहित संस्थागत सदस्य एक, एशोसियट सदस्य एक, महिला आरक्षण सदस्य दुई र खुल्ला आठ सदस्यका लागि निर्वाचन हुनेछ ।
Discussion about this post