तनहुँ । मादी नदीमा एक पुरुषको शव फेला परेको छ ।
व्यास नगरपालिका–१० बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा आज पुरुषको शव फेला परेको हो ।
अन्दाजी ५० वर्षजस्तो देखिने ती व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएकोे छ ।







Discussion about this post