लेखनाथ, १३ साउन :
लेखनाथ उद्योग बाणिज्य संघको आसन्न १४ औं महाधिवेशनमा महासचिव पदमा जीवन तिवारीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
लामो समय देखि युवा उद्यमशिलता उपसमिति हुँदै वर्तमान कार्यसमितिका सदस्य समेत रहेका तिवारीले शनिवार पत्रकार सम्मेलन गर्दै महासचिव पदमा आफ्नो उम्मेदवारी घोषणा भएको जानकारी दिएका छन्।
बि.ई. इलेक्ट्रिक तथा ईलेट्रोनिक्समा ब्याचलर तथा पपुलेशन एण्ड जेण्डर डेभलपमेन्टमा मास्टर्स सकेका तिवारी सानै देखि ब्याबसायिक पृष्ठभूमि अंगाल्दै पूर्वी पोखरामा नै पहिलो फ्लेक्स ब्यबसाय संचालन गर्ने ब्यबसायी बनेका थिए । उनले पोखरा ३० शिशुवामा कम्युनिकेशन तथा भिडियोग्राफी ब्यबसाय संचालन देखि डिजिटल प्रिण्टिङ्ग ब्यबसाय सम्म आईपुग्दा शिक्षण पेशा तथा बिद्यालय संचालकको समेत अनुभव बटुलेका छन्।
संघको गरिमालाई उच्च राख्दै युवा लक्षित कार्यक्रमहरु मार्फत साना तथा मझौला व्यबसायीहरुको आवाज उठाउनका लागि महासचिव पद आफ्नो लागि उपयुक्त रहेको तिवारी भन्छन।
विश्वविद्यालय तहका शैक्षिक कार्यक्रमसँग उद्यमशीलताको विकास, अनुसन्धान तथा प्रयोग गर्दै व्यावसायिक बातावरण सिर्जना गराउने उदेश्य रहेको उनले बताएका छन्।
संघको अधिवेशन आगामी भदौ २२ र २३ गते हुँदैछ । संघमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष सहित संस्थागत सदस्य एक, एशोसियट सदस्य एक, महिला आरक्षण सदस्य दुई र खुल्ला आठ सदस्यका लागि निर्वाचन हुनेछ ।
Discussion about this post