लेखनाथ, १३ साउन ।
लेखनाथ उद्योग बाणिज्य संघको आसन्न १४ औं महाधिवेशनमा ब्यबसायी भरतराज ओझाले उप महासचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
संघमा विभिन्न उपसमितिमा सक्रिय हुँदै २ कार्यकाल कार्यसमिति सदस्य तथा वर्तमान कार्यसमितिको कोषाध्यक्ष समेत रहेका ओझा आफ्नो असल कार्यक्षमता तथा ब्यबसायी साथीहरुको सद्भावले उप महासचिव पदमा उम्मेद्वारी दिन लागेको बताएका छन्।
बर्तमान असहज परिस्थितीमा पनि संघमा रहेका ब्यवसायीहरुको हकहितका लागि सदैव सक्रिय रहने वाचाका साथ आफ्नो उमेदवारी रहेकोले सवैको साथ र सहयोगको अपेक्षा समेत ओझाले गरेका छन्।
मध्यम वर्गीय पारिवारिक पृष्टभूमि बाट उदाएका उनि अहिले सुप्रिम युपिभिसी प्रा.लिको सञ्चालक, पोखरा इको रेड ब्रिक्स प्रा.लिको सञ्चालक, भविष्य ट्रेडसको प्रोपाईटर, नेपाल इको प्यानलको सञ्चालक, शक्ति डेरी प्रा.लिको सञ्चालक, वि एण्ड डि भाँडा पसलको प्रोपाइटर, जनता वहुउद्देश्यिय सहकारी संस्थाको सचिव तथा पावरहाउस बजार ब्यवस्थापन समितीको सल्लाहकार रहेका छन्।
संघको अधिवेशन आगामी भदौ २२ र २३ गते हुँदैछ । संघमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष सहित संस्थागत सदस्य एक, एशोसियट सदस्य एक, महिला आरक्षण सदस्य दुई र खुल्ला आठ सदस्यका लागि निर्वाचन हुनेछ ।
Discussion about this post