लेखनाथ, १३ साउन । लेखनाथ उद्योग वाणिज्य संघको आसन्न १४ औं महाअधिवेशनमा कार्यसमिति सदस्य पदमा एस.पी. ढुंगानाले उम्मेदवारी दिने भएका छन्।
आल्मुनियम, स्टिल तथा मेटल ब्यबसायी समेत रहेका ढुङ्गाना लेखनाथ फेब्रिकेर्टस एसोसियसनको सचिव, अर्घौं बजार ब्यबस्थापन समितिको कार्यसमिति सदस्य, लेखनाथ सामुदायिक सेवाको सदस्य तथा नेपाल रेडक्रस सोसाईटी, लेखनाथ मा समेत आवद्ध रहेका उनि १४ औं महाअधिवेशनमा कार्यसमिति सदस्यमा उठ्दै छन्। सबैको साथ् सहयोग, माया र सद्भाव पाए लेखनाथ उद्योग वाणिज्य संघमा सेवा गर्ने ईच्छा रहेको उनि बताउछन।
संघको अधिवेशन आगामी भदौ २२ र २३ गते हुँदैछ । संघमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष सहित संस्थागत सदस्य एक, एशोसियट सदस्य एक, महिला आरक्षण सदस्य दुई र खुल्ला आठ सदस्यका लागि निर्वाचन हुनेछ ।
Discussion about this post