• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेउवा संघको कार्यसमिति सदस्य पदमा युवा उद्यमी अर्जुन भण्डारीले उम्मेदवारी दिने

Ramsharan Nepali by Ramsharan Nepali
July 31, 2023
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
345
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ७ साउन । लेखनाथ उद्योग वाणिज्य संघको आसन्न १४ औं महाअधिवेशनमा युवा उद्यमी अर्जुन भण्डारीले कार्यसमिति सदस्य पदका लागि उम्मेदवारी दिने भएका छन् ।

संघमा यसअघि युवा उद्यमी उप–समितिको सह–संयोजक भएर अनुभव बटुलीसकेका भण्डारीले यसपाली युवाहरुको भावनालाई समेटेर उम्मेद्वारी दिने सोचमा रहेको वताए ।

पोखरा–२९ भण्डारढिकमा रहेर विगत ७ वर्षदेखी सेभेन वन्डर्स वाटर पार्क एण्ड रिर्सोट सञ्चालन गर्दै आएका भण्डारीले २०१७/१८ मा राष्ट्रिय स्तरको ‘ग्लोबल स्टुडेन्ट अन्टरप्रेनरसीपको फस्ट रनरअप’, २०२० मा युथ ईनिसियटिभ अर्वाड र २०२२ मा राष्ट्रि युवा सम्मेलनमा युवा उद्यमी अर्वाड प्राप्त गरीसकेका छन । त्यसबाहेक उनले विभिन्न अन्र्तराष्ट्रिय स्तरका सम्मेलनहरुमा नेर्तत्वविकाससँग सम्बन्धीत रहेर प्रस्तुती दिईसकेका छन ।

पृथ्वीनारायण क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातकसम्म अध्ययन गरेका उनी लेकसीटि युथ क्लबको अध्यक्ष भएर नेर्तत्व गरिसकेका छन भने विभिन्न सामाजीक संघ संस्थाहरुमा पनि आवद्ध रहेका छन । विगतदेखी नै लेउवासंघका गतिविधिहरुलाई नजिकबाट नियाल्दै आईरहेका भण्डारीले नेतृत्व तहसम्म पुगेर संस्थालाई समय सापेक्ष परिवर्तन गर्दै थप चलायमान बनाउन आफ्नो उद्धेश्यका साथ उम्मेद्वारी घोषणा गरेको वताए ।

संघलाई व्यवसायीहरुको भेटघाटको थलो मात्र नभई उद्यमी उत्पादन गर्ने थलो बनाउने र यसका लागी आवश्यक कोष खडा गर्ने, व्यवसायीक वातावरण निर्माण गर्ने, सदस्यता शुद्धिकरण गर्ने, युवा उद्यमीहरुको सञ्जाल गठन गर्ने, व्यवसायीक मैत्री निति निर्माणको लागी विभिन्न संस्था र निकायहरुसँग समन्वय गर्ने लगायतको आफ्नो उद्धेश्य रहेको भण्डारीले वताए ।

संघको अधिवेशन आगामी भदौ २२ र २३ गते हुँदैछ । संघको कार्यसमिति सदस्यमा मात्रै नयाँ र पुराना गरी झण्डै दुईदर्जन सदस्यहरु चुनावी मैदानमा उत्रिने आंकलन गरिएको छ । संघमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष सहित संस्थागत सदस्य एक, एशोसियट सदस्य एक, महिला आरक्षण सदस्य दुई र खुल्ला आठ सदस्यका लागि निर्वाचन हुनेछ ।

Previous Post

नेवाः पत्रकार पुचः कास्कीको अध्यक्षमा अनिशा श्रेष्ठ

Next Post

महासचिव पदमा जानुका पराजुली अधिकारीले उम्मेदवारी दिने

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
महासचिव पदमा जानुका पराजुली अधिकारीले उम्मेदवारी दिने

महासचिव पदमा जानुका पराजुली अधिकारीले उम्मेदवारी दिने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?