• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

नेवाः पत्रकार पुचः कास्कीको अध्यक्षमा अनिशा श्रेष्ठ

Lekhnath Khabar by Lekhnath Khabar
July 22, 2023
in समाचार
0
0
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।
नेवाः पत्रकार पुचः कास्कीको अध्यक्षमा सिटिवान टेलिभिजनका प्रबन्ध निर्देशक अनिशा श्रेष्ठ चयन भएकी छन् । नेवाः खलः कास्की नेवाः छेंको सभाहलमा शनिबार सम्पन दोस्रो अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो ।

पुचःको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष गणेश श्रेष्ठ, महासचिवमा सुशिल श्रेष्ठ, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ र सचिवमा पदम श्रेष्ठ र सदस्यहरुमा सुरज श्रेष्ठ, सञ्जय शाक्य, अल्चना श्रेष्ठ र अभिनन्दन बजिमया चयन भएकाछन् ।

नवनिर्वाचित अध्यक्ष अनिशा श्रेष्ठले कार्यक्रममा बोल्दै आफुले बोलेर भन्दापनि काम गरेर देखाउने बताएकी छन् । उनले कास्कीमा नेवा समुदायबाट महिला पत्रकारहरु न्युन संङ्ख्यामा रहेको भन्दै आफुले पत्रकार पुचः मा रहेर पत्रकारीताको माध्यमबाट अब नेवाः संस्कृति र परम्परालाई संरक्षण र प्रचार प्रसार गर्ने बताईन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवाः खल कास्कीले नेवारहरुको संस्कृति र परम्परालाई संरक्षणको लागि विशेष योगदान दिएको बताएका थिए । उनले केही नेवारहरुले आफ्नो संस्कार र संस्कृतिलाई राम्रोसँग अध्ययन नगरी काम गर्दा लोप हुन सक्ने सम्भावना देखिएकोले संरक्षणको लागि छिट्टै कार्ययोजना सहित काम गर्न लागिएको उनले बताए ।

नेवार संस्कृति जोगाउन पछिल्लो समय युवा युवतिहरु नै अत्याधिक उत्सुक समेत देखिएको बताउँदै खुसी व्यक्त गरेका थिए । उनले नेवारहरुले देखाउँदै आएको तायः मचा, लाखे नाच लगायतका प्रतियोगितालाई निरन्तरता दिन करिब १० लाख पुरस्कार राशी रहेको कार्यक्रममा जानकारी गराए ।

362636399_693780959429037_5888229374812949121_n.jpg
नेवाः पत्रकार पुचः का सल्लाहकार दीपेन्द्र श्रेष्ठले उक्त कार्यक्रममा बोल्दै नेवारहरु सँग जोडिएका भाषा, संस्कृति, परम्पराहरु लोप हुँदै गएको र त्यसलाई संरक्षण र सम्वद्र्धनको लागि मसिनो गरी केलाउन र खोज्न नेवाः पत्रकार आवश्यक भएको हुँदा बताएका थिए। उनले स्थापनाको मुल उदेश्यमााथि समेत प्रकाश पारेका थिए । 

उक्त कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, नेपाल पत्रकार महासंघ गण्डकीका महसचिव गोविन्द सुवेदी, नेवाःल्याम्ह पुचः कास्कीको अध्यक्ष मधुसुदन जोशी, नेवाः मिस पुचः कास्कीको अध्यक्ष संगीता बज्राचार्य, आदिवासी जनजाति पत्रकार संघ कास्कीका अध्यक्ष दिल गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

360135161_693780896095710_3677062768278003670_n.jpg

उक्त अधिवेशनको प्रथम सत्र नेवा पत्रकार पुचः कास्कीका अध्यक्ष सञ्जय मल्लको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सन्देश श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महासचिव अनिशा श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

Previous Post

लेउवा संघको अध्यक्ष पदमा भरतकुमार अधिकारीले उम्मेदवारी दिने

Next Post

लेउवा संघको कार्यसमिति सदस्य पदमा युवा उद्यमी अर्जुन भण्डारीले उम्मेदवारी दिने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
लेउवा संघको कार्यसमिति सदस्य पदमा युवा उद्यमी अर्जुन भण्डारीले उम्मेदवारी दिने

लेउवा संघको कार्यसमिति सदस्य पदमा युवा उद्यमी अर्जुन भण्डारीले उम्मेदवारी दिने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?