लेखनाथ ।
लेखनाथ उद्योग वाणिज्य संघको आसन्न १४ औं महाअधिवेशनमा युवा व्यवसायी भरत कुमार अधिकारीले अध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन् ।
संघमा उनले २ कार्यकाल कार्यसमिति सदस्य, २ कार्यकाल उपमहासचिव र एक कार्यकाल महासचिव भएर कामगरेको अनुभव रहेको छ। उनि संघको निवर्तमान सल्लाहकार समेत भइसकेका छन्। अघिल्लो पटक वरिष्ठ उपाध्यक्ष पदमा २७ मतले पराजित भए संगै अधिकारी अध्यक्ष पदको लागि तयारी गरेको उनि बताउछन्।
लेखनाथका उद्योगी व्यवसायीको भावना अनुसार आफूले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको अधिकारीले जानकारी दिए । साना तथा मझौला व्यवसायीहरुको हकहितलाई सम्बोधन गर्नु नै आफ्नो मुख्य उद्देश्य रहेको अधिकारीले बताए ।
‘पछिल्लो समय देशमा आर्थिक मन्दी देखिएको छ । यो विषम परिस्थितिमा व्यवसायीहरुको हकहितमा काम गर्ने गरी योजनाहरु बनाएको छु,’ उनले भने, ‘संघलाई नयाँ उचाईमा पुर्याउन मेरो सक्रियता निरन्तर रहन्छ ।’ संघको अधिवेशन आगामी भदौ २२ र २३ गते हुँदैछ ।
Discussion about this post