• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा–२६ सक्नेरीमा मिलिजुली मार्गको उद्घाटन

Ramsharan Nepali by Ramsharan Nepali
July 20, 2023
in समाचार, स्थानीय
0
0
SHARES
100
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ४ साउन । पोखरा महानगरपालिका वडा नं २६ को सक्नेरी स्थीत मिलिजुली मार्गको बिहिबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले नवनिर्मित बाटोको उद्घाटन गरेका हुन ।

बाटोको उद्घाटन गर्दै वडाध्यक्ष थापाले वडावासीको ईच्छा र चाहान अनुरुप योजनालाई पहिलो प्रथामिकतामा राख्दै वडा नं २६ लाई नमुना वडा बनाउने उदेस्यका साथ आफु अगाडी वढेको र यो अभियानमा सवैको साथ र सहयोगको आवश्यकता रहेको वताएका थिए ।

वडा नं. २६ मा विकासले फड्को मारेको दावी गर्दै वडाध्यक्ष थापाले कतिपय क्षेत्रमा यहि वर्षभित्र हुन नसकेको कामहरु क्रमश आगामी वर्षहरुमा गरिने वताउँदै यसको लागी धैर्य गर्न आग्रह गरे । उनले ५ वर्षभित्र भौतिक विकासका कार्यहरुलाई सम्पन्न गरी शिक्षा र कृषि क्षेत्रमा पनि उल्लेख्य कार्यहरु गर्ने आफ्नो योजना रहेको उनले वताए ।

कार्यक्रममा बाटो निर्माण समितिका अध्यक्ष खेमप्रसाद भण्डारीले सवैको साथ र सहयोगले बाटो निर्माण कार्य सफल भएको र आगामी दिनमा पनि यस मिलिजुली टोलको विकासका लागि नाम अनुसार कै काम गरेर देखाउनु पर्ने धारणा राखेका थिए ।

सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २६ का वडासदस्य तिर्थ बहादुर राजभाटले विगतका बर्षमा सरकारको लगानी वालुवामा पानी भए जस्तो हुने गरे पनि आफुहरुले वडाको जिम्मेवारी सम्हाले पछि दिर्घकालीन योजनालाई प्राथमिकतामा राख्दै गत आर्थीक वर्षमा करिव १७ करोड रुपियाँ हाराहारीमा काम भएको जानकारी गराएका थिए ।

वडाको विनियोजनमा पोखरा महानगरपालिकाको ३० लाख र स्थानीय जनसहभागीतामार्फत ५ लाख २९ हजार ५ सय गरी कुल ३५ लाख २९ हजार ५ सयको लागतमा पक्की ढलान वाटो निर्माण सम्पन्न भएको हो । नवनिर्मित बाटोको लम्बाई ३ सय ३२ मिटर, चौडाई ६ मिटर रहेको छ भने ८३ मिटर नाला समेत निर्माण गरिएको छ ।

मिलिजुली बाटो निर्माण उपभोत्ता समितिका अध्यक्ष खेमप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा अनुगमन समितिका संयोजक अनन्त प्रसाद कोईरालाले बाटोको गुणस्तरियताको विषयमा बोलेका थिए भने कोषाध्यक्ष सर्जा रानाभाटले आय ब्यय सहितको विवरण प्रस्तुत गरेकी थिईन । कार्यक्रमको सञ्चालन सचिव हरिभक्त अधिकारीले गरेका थिए ।

भिडियोमा

Previous Post

पोखराका मेयरसँग तपाईको प्रश्न के छ ?

Next Post

लेउवा संघको अध्यक्ष पदमा भरतकुमार अधिकारीले उम्मेदवारी दिने

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
लेउवा संघको अध्यक्ष पदमा भरतकुमार अधिकारीले उम्मेदवारी दिने

लेउवा संघको अध्यक्ष पदमा भरतकुमार अधिकारीले उम्मेदवारी दिने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?