• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

मृगौला पीडित प्रमिशको याचना : ‘सहयोग पाए बाँच्ने थिएँ’

Ramsharan Nepali by Ramsharan Nepali
July 14, 2023
in समाचार, स्थानीय
0
0
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २९ असार । रुपा गाउँपालिका वडा नं. ६ निवासी ३१ वर्षिय प्रमिश रसाईली दुवै मृगौला फेल भएर उपचारका लागि छटपटाइरहेका छन् । निम्न आर्थिक अवस्था भएका रसाईलींले १ वर्षयता पोखरामा उपचार गराउँदा भएभरको जेथो सकिएपछि आफ्नो जीवन बचाइदिन सबैसँग सहयोग याचना गरेका छन् ।

साथीभाइ सबैसँग सरसापटी गर्दासमेत मृगौला फेर्न नसकेको र प्रत्येक साता डाइाइसिस गराउने औषधिका लागि नै खर्च अभाव भइरहेको रसाईलींले गुनासो गरेका छन् । दुवै मृगौला प्रत्यारोपण गर्न चिकित्सकले २२ लाख रुपैयाँ खर्च लाग्ने बताएको उनले जनाए । मृगौला प्रत्यारोपण गर्नका लागी उनकी दिदि शान्ती वि.क. मृगौला दिन तयार छिन तर प्रत्यारोपण गर्नका लागी लाग्ने खर्च कसरी जुटाउने भन्ने चिन्ताले उनीहरुलाई सताएको छ ।

सम्पत्तिका नाममा रुपा गाउँपालिकामा रहेको पाखो जग्गा धितो राखेर झिकेको ऋणले रसाईलीले फर्निचर खोलेका थिए । फर्निचरमा काम पनि राम्रै चलेको थियो, विरामी परेपछि फर्निचरका सामानहरुसमेत बेचेर खर्च गर्दासमेत सबै रकम सकिएपछि जीवन–मरणको दोसाँधमा आइपुगेको रसाईलींले वताए ।

प्रमिशको उपचार गर्दा अहिलेसम्म १० लाख रुपैयाँ खर्च भइसकेको परिवारजनले बताएका छन् । पीडितकी श्रीमती अस्मिता रसाईलीलाई ७ वर्षको छोराको हेरचाह गर्ने स्कुल लाने ल्याउने गर्दै व्यस्त हुन्छिन, उनको छुटै आम्दानीको श्रोत छैन । प्रमिशका दाजु राजेन्द्र स्थानीय वर्कसपमा काम गर्छन, उनको कमाईले मात्रै अहिले ६ जनाको परिवारलाई हात मुख जोर्ने जोहो चलेको उनले वताए ।

रसाईलिको उपचार सहयोग रकम संकलन गर्न नेपाल ईन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड तालचोक शाखामा प्रमिश रसाईलीको नाममा २१४०५३९०००१५९५ नम्बरको खातासमेत खोलिएको छ । ‘डाक्टरले जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गर्न सल्लाह दिएका छन्,’ पीडित रसाईलीले भने, ‘तर, म आफूले अब आफ्नो जीवन बचाउन सक्ने अवस्था छैन, कोही इष्टमित्र, नातागोता, साथीभाइ र मनकारी सहयोगीको भएमा मात्र मैले जीवन पाउँछु ।’ सहयोग गर्न चाहने महानुभावहरुले मोबाईल नं. ९८१९१६९१५५, ९८१९१८०४६८ मा सम्पर्क गरेर पनि बुझ्न र सहयोग गर्न सकिने उनको परिवारले वताएको छ ।

Previous Post

बुढीबजार खराने सडक विस्तार शुरु

Next Post

पोखरामा मनाइयो भानु जयन्ती

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पोखरामा मनाइयो भानु जयन्ती

पोखरामा मनाइयो भानु जयन्ती

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?