• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

बुढीबजार खराने सडक विस्तार शुरु

Lekhnath Khabar by Lekhnath Khabar
July 13, 2023
in समाचार, समाज, स्थानीय
0
0
SHARES
297
VIEWS
Share on FacebookShare on Twitter

पोखरा/असार २८
पोखरा महानगरपालिका वडा नंं २६ ले बुढिबजार देखी खरानेफाँटसम्मको सडक विस्तारको काम शुरु गरेको छ । विजयपुर सिंचाई प्रणालीको नहरको एकतर्फी रहेको उक्त सडकलाई दुर्व तर्फबाट सवारी साधन संचालन गर्ने गरी विहिबार देखी वडाले विस्तारको काम शुरु गरेको हो ।

वडाले ३५ दिने र त्यसपछि थप सात दिनको सूचना प्रकाशित गरी स्थानीयलाई मापदण्ड भित्रको संरचना हटाउन अनुरोध गरेको थियो । वडाले सूचना गरेपछि स्थानीयले स्वतस्फुर्टरुपमा आफ्नो घर अगाडी मापदण्ड भित्रको संरचना हटाएका थिए । धेरै जसो ठाउँमा स्वतस्फुर्त रुपमा स्थानीयले आफै संरचना हटाएको उल्लेख गर्दै, वडाध्यक्ष नरेन्द्र थापाले केही जटिल ठाउँमा डोजर लगाईएको बताए ।

सडक एकतर्फी संचालन हुँदा लामोसमय देखी ट्राफिक जामको समस्या देखिदै आएको र सडक विस्तार अति आवश्यक भएकाले वडाले प्राथमिकताका साथ कार्य थालनी गरेको अध्यक्ष थापाले बताए ।

स्थानीयको भौतिक संरचनामा कम क्षति होस् भन्ने उद्देश्यले सम्बन्धित घर तथा जग्गाधनीलाई सहजीकरण समितिमा राखेर काम गरेको समेत अध्यक्ष थापाले उल्लेख गरे । बल प्रयोग गरेर नभई समझदारी र सहकार्यमा जटिल काम सहज तरिकाले गर्न सकिन्छ भन्ने उदाहरण बनेको अध्यक्ष थापाले बताए ।

सहजीकरण समितिका संयोजक मुरारी बरालले एक दुई वटा संरचनाका घरधनीले थप क्षति नहुने गरी हटाउन चाहेकाले केही समय दिईएको बाहेक अन्यत्र वडाले अहिले सडक विस्तारका लागि तोकेको क्षेत्राधिकार भित्रका टहरा तथा कम्पाउण्डवाल सहज तरिकालै हटाईएको बताए ।

बुढी बजार चोक देखी खरानेफाँट वडा नंं २६ को सिमानासम्म करिव डेढ किलोमिटरको दुरीसम्म मापदण्ड भित्रका संरचना हटाउने गरी वडाले योजना बनाएको र आर्थिक बर्ष २०८०/०८१ का लागि उक्त सडकमा एक करोड रुपैया विनियोजन गरेको समेत अध्यक्ष थापाले बताए ।

सडक विस्तार चुनौतीका रुपमा रहेको थियो, सवैको सहयोग र साथले सहज भयो अध्यक्ष थापाले भने—“सडकको स्तरोन्नती सहित सौन्दर्यकरण गरिने छ ।”

Previous Post

प्रचण्ड पत्नी सीता दाहालको पशुपतिमा अन्त्येष्टि

Next Post

मृगौला पीडित प्रमिशको याचना : ‘सहयोग पाए बाँच्ने थिएँ’

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
मृगौला पीडित प्रमिशको याचना : ‘सहयोग पाए बाँच्ने थिएँ’

मृगौला पीडित प्रमिशको याचना : ‘सहयोग पाए बाँच्ने थिएँ’

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?