• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

डायमण्ड माविमा एसईई उर्तिण विद्यार्थीहरुलाई बधाई तथा सम्मान

Ramsharan Nepali by Ramsharan Nepali
July 8, 2023
in शिक्षा, समाचार, स्थानीय
0
0
SHARES
314
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २३ असार । पोखरा २७ तालचोकमा रहेको डायमण्ड माविले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उर्तिण विद्यार्थीहरुलाई एक कार्यक्रमका विच बधाई तथा शुभकामना व्यक्त गरेको छ । परिक्षामा उत्तीर्ण विद्यालयका ८९ जना विद्यार्थीलाई शनिबार बधाई तथा सम्मान कार्यक्रम गरिएको हो ।

विद्यार्थीहरुलाई बधाई तथा सम्मान गर्दै पृथ्वीनारायण क्याम्पस पोखराका पुर्व क्याम्पस प्रमुख प्रा.डा. देवेन्द्र बहादुर लामिछानेले अहिले तेश्रो औधोगिक क्रान्ति शुरु भईसकेको अवस्थामा सुचना प्रविधि र कृत्रिम वौद्धिकताको तिव्रतर विकास भईरहेको र शैक्षिक संस्थाहरुले पनि प्रविधिको विकासलाई सँगै लिएर स्र्माट शिक्षा दिनुपर्नेमा जोड दिएका थिए ।

उनले विद्यालयले सञ्चालन गरेको ‘स्ट्डी स्मार्ट विथ माई सेकेण्ड टिचर’ तर्फ संकेत गर्दै स्मार्ट एजुकेशनका लागि विद्यालयले गरेको प्रयासका लागि आभार व्यक्त गर्दै यसबाट आफुले पनि प्रेरणा पाएको र अन्य निजि तथा सरकारी विद्यालयहरुले पनि सिको गर्नुपर्ने र यो पद्धतीलाई अबलम्बन गर्नुपर्ने वताएका थिए ।

यस्तै पोखरा महानगरपालिका वडा नं. ३२ का अध्यक्ष अक्कल बहादुर कार्कीले शिक्षामा राजनितिकरण हुने गरेकोमा असन्तुष्टि जनाउँदै स्थानिय सरकार प्रमुखको हिसाबले आफुले निजि तथा सरकारी विद्यालयलाई सँगसँगै लैजाने प्रयास गरेको वताए । उनले आफु पनि विद्यालयको पुर्व अभिभावक भएको वताउँदै विद्यालय प्रती ऋणी रहेको वताएका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका महासचिव उपेन्द्रराज सुवेदी ‘राजु’ ले विद्यालयले शिक्षाको क्षेत्रमा पुर्याएको योगदान उल्लेखनीय रहेको वताउँदै नयाँ अवधारणाका साथ अघि वढेकोमा सबै विद्यार्थीहरु उत्साहित भएको आफुले पाएको वताए । उनले विद्यार्थीहरुको प्रगतिमा अभिभावकहरुको पनि उत्तरदायित्व हुने भएकाले उनीहरुको पढाई, गतिविधिहरुको बारेमा चासो राख्नुपर्ने वताएका थिए ।

उक्त अवसरमा अभिभावकहरुको तर्फबाट विनोद न्यौपाने, विधार्थीहरुको तर्फबाट विनायक न्यौपाने, रुविना पौडेल, मयूर शाही लगायतले बोलेका थिए भने स्र्माट शैक्षिक प्रविधिको विषयमा विद्यालयका शैक्षिक प्रशासन प्रमुख इञ्जिनियर संजिब थापाले जानकारी गराएका थिए । थापाले स्किल एकेडेमीसँगको सहकार्यमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई ‘माई सेकेण्ड टिचर’का रुपमा बिकास गर्ने गरी कक्षाहरुमा स्मार्ट प्रविधि जडान गरिएको र डिजिटल कक्षा कोठा, शिक्षकहरुका लागि पाठ्य सामाग्री निर्माण, सेमिनार, अन्तर संवाद लगायतका माध्यम समावेश गरिने वताएका थिए ।

बधाई तथा स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयका संस्थापक प्राचार्य यम बहादुर रोकाले पछिल्लो पुस्ता प्रविधिमा अभ्यस्त हुँदै गएकाले स्मार्ट प्रविधिलाई ‘माई सेकेण्ड टिचर’का रुपमा विकास गर्दै, श्रब्यदृश्य सम्बाद, अन्तरक्रिया, प्रश्नोत्तर एवं अभ्यासको माध्यमबाट स्मार्ट शिक्षण सिकाईको माध्यमलाई विद्यालयले प्रयोगमा ल्याएको दावी गरे । कार्यक्रममा विद्यालयका शिक्षक तारानाथ पराजुलीले बधाई शिर्षात्मक शार्दूलविक्रीडित छन्दमा आधारीत कविता वाचन गरेका थिए ।

धन्यवाद व्यक्त गर्दै विद्यालयका निर्देशक माधव शरण उपाध्यायले विद्यार्थीहरुले हासिल गरेको उपलब्धीप्रति विद्यालय परिवार गौरवान्तित भएको वताउँदै यसमा अभिभावकहरुको पनि उल्लेखनिय भुमिका रहेको वताएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षिका सविता ढुंगानाले गरेकी थिईन ।

बि.सं. २०४५ सालमा स्थापना भएको विद्यालयलबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत विद्यार्थीहरु उर्तिण भएका छन भने सर्वोत्कृष्ट विद्यार्थीतर्फ विनायक न्यौपानेले ३.९० जिपिए ल्याएका छन भने छात्रातर्फ सर्वोत्कृष्ट हुन सफल रविना पौडेलले ३.८० जिपिए प्राप्त गर्न सफल भएकी छिन ।

यस क्षेत्रकै उत्कृष्ट संस्थागत विद्यालयको रुपमा रहेको डायमण्ड माध्यमिक विद्यालयले २०५२ साल देखी प्रवेशिका परिक्षामा विद्यार्थीहरुलाई सामेल गराउँदै आएको छ भने २०६३ साल देखी दश दुई जोडको अध्यापन समेत गराउँदै आएको छ ।

Previous Post

न्यू लेखनाथ पब्लिक एकेडेमीमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

Next Post

लेखनाथ सामुदायीक सेवा केन्द्रको सरसफाई एवं वृक्षारोपण

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
लेखनाथ सामुदायीक सेवा केन्द्रको सरसफाई एवं वृक्षारोपण

लेखनाथ सामुदायीक सेवा केन्द्रको सरसफाई एवं वृक्षारोपण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?