लेखनाथ, २२ असार । न्यू लेखनाथ पब्लिक एकेडेमी पोखरा–३० स्थित माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) २०७९ मा सम्मिलित सम्पूर्ण विद्यार्थीहरु उत्कृष्ट जि.पि.ए. सहित शत प्रतिशत उत्तिर्ण हुन सफल विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि विद्यालय संचालक समितिका अध्यक्ष दयाराम तिवारीले आगामी दिनमा पनि उत्कृष्ट नतिजा ल्याएर पास हुनका लागी हौसला प्रदान गर्दै विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । विद्यार्थीको सर्वपक्षीय विकासमा विद्यालय परिवार सदासर्वदा तयार रहने समेत बताए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल ऋषिकान्त मरासिनिले विद्यालयको विषयमा जानकारी गराउँदै विद्यार्थीको वास्तविक जीवन अब सुरु भएको बताउदै धेरै कोणबाट बिचार पुर्याएर मात्र निर्णय लिनुपर्ने वताएका थिए। उनले अबका दिनमा बिषय छनोट गर्दा बिशेष ध्यान पुर्याउन आग्रह गर्दै बधाई तथा शुभकामना दिए ।
कार्यक्रममा शिक्षकहरु कृष्ण तिवारी, लक्ष्मी बाँस्तोला ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्रिन्सिपल ऋषिकान्त मरासिनिको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन एकेडेमीक डिन हरिराज अधिकारीले गरेका थिए भने धन्यवाद ज्ञापन शिक्षक सरोज खनालले गरेका थिए ।
Discussion about this post