लेखनाथ, २२ असार । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजनामा आयोजित एकल नृत्य प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । पोखरा–२९ स्थित जनप्रकाश माविमा सम्पन्न प्रतियोगितामा लक्ष्मी आर्दश माविकी आकृती गुरुङ प्रथम, ब्रह्मरुपा माविकी विपासा सुनार द्धितीय, जनप्रकाश माविकी विनिशा गुरुङ तृतीय भएका छन भने हिमालयन आवासिय विद्यालयकी आस्मा तामाङ र माउन्ट एभरेष्ट प्रि स्कुलकी प्रिन्सा गुरुङ सान्त्वना हुन सफल भएका छन ।
प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः नगद रु १० हजार, ८ हजार, ५ हजार र साथमा प्रमाण पत्र प्राप्त गरेका छन भने सान्त्वना हुन सफल प्रतियोगिहरुले नगद रु २ हजार ५ सय र प्रमाण पत्र प्राप्त गरेका छन ।प्रतियोगितामा साविक लेखनाथका २६ वटा विद्यालयहरुले सहभागीता जनाएका थिए भने गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका सदस्यहरु बरिष्ठ नृत्य निर्देशक युवराज गुरुङ, गम बहादुर परियार र नृत्य प्रशिक्षक प्रिती गुरुङले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।
यस अघि कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी एवं जनप्रकाश मावी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बावुराम सुवेदीले नृत्यले जुनसुकै रोगको निवारण गर्ने क्षमता राख्ने र स्वाथ्यको दृष्टिकोणले पनि फलदायी हुने वताएका थिए ।
यस्तै लक्ष्मी मावीका प्रधानाध्यापक जगन्नाथ अधिकारीले प्रकृति जोगाउनका लागी संस्कृति जोगाउन आवश्यक रहेको र संस्कृति जोगाउन गायन नृत्य लगायतका कला प्रतिभाहरुले उल्लेख्य भुमिका खेल्ने वताएका थिए ।
विद्यालयका प्रधानानध्यापक शेखरनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका संयोजक एवं पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत बद्रि सुवेदीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालयका अंग्रेजी माध्यमका संयोजक शालिकराम सुवेदीले गरेका थिए ।
Discussion about this post