जेष्ठ २६/लेखनाथ
लेखनाथमा रहेको आदर्श हार्डवयरले आफ्नो १२ औं स्थापना दिवश निर्माण व्यवसायीसँग अन्तरक्रिया गरेर शुक्रबार मनाएको छ ।
स्थापना दिवशको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले व्यवसायिक प्रतिष्ठानले नाफाको केही प्रतिशत सामाजिक उत्तरदायित्वमा खर्च गर्न आग्रह गरे । उनले अहिले व्यवसायीका लागि कठिन परिस्थिति रहेको उल्लेख गर्दै, व्यवसाय जोगाउनु नै ठुलो कुरा भएको बताए ।
देशको आर्थिक अवस्थाका कारण व्यवसायीहरु पलायन भैरहेका बेला सफलताका साथ १२ बर्ष पार गर्नु ठुलो कुरा भएको उल्लेख गरे ।
अध्यक्ष आत्रेयले व्यापार गर्ने व्यवसायीले नाफा घाटाको तुलना, सहि बिजक जारी एवं करका सवै कुरा बुझ्नु आवश्यक भएको बताए ।
कार्यक्रममा लेखनाथ हार्डवयर एसोशियनका अध्यक्ष ऋषिराम जमरकट्टेलले हार्डवयर व्यवसायीहरु ग्राहक र बितरकको दोहोरो मारमा परेको उल्लेख गर्दै, उधारो लगेका ग्राहकहरुले अहिलेको कठिन समयमा भुक्तानी उपलब्ध गराएर व्यवसायीलाई जोगाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा आदर्श हार्डवयरका संचालक बिजय गुरुङ्गले आफुहरुले व्यापारमा नाफामात्र नहेरी सामाजिक उत्तरदायित्व अन्र्तगत कोभिडको समयमा मजदुरलाई राहत, मास्क, सेनिटाईजर लगायतका अत्याबश्यक सामाग्री बितरण गरिएको उल्लेख गरे । संचालक गुरुङ्गले निर्माण व्यवसायी र हार्डवयर व्यवसायीका विच ग्राहकहरुको घर मज्वुत बनाउने कार्यमा सहकार्य हुनु पर्नेमा जोड दिए ।
आदर्श हार्डवयरका संचालक बिष्णु हमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लेखनाथ निर्माण व्यवसायी समितिका बरिष्ठ उपाध्यक्ष भिमबहादुर बि.क. आदर्श युवा कलवका अध्यक्ष पदम् गुरुङ्ग, सौय सिमेन्टका प्रतिनिधि लगायतले बोलेका थिए । कार्यक्रममा सौर्य सिमेन्टले कन्ट्रयाक्टर निर्माण व्यवसायीलाई सहायता सामाग्रीहरु उपलब्ध गराएको थियो ।
Discussion about this post