लेखनाथ, २९ जेठ । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल लेखनाथको ईकाईको अध्यक्षमा लता गुरुङ चयन भएकी छिन । ईकाईको आईतबार सम्पन्न चौंथो अधिवेशनले गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा संगिता केसी, सचिवमा मिरा मल्ल, सह–सचिवमा विष्णु थापा मगर, कोषाध्यक्षमा कुमारी पुन, सदस्यहरु शान्ति घर्तिमगर, सोनु सुनार, सञ्जु गुरुङ, लक्ष्मी रानाभाट, दिपा पुन, आशा गुरुङ, टिना थापा र मनिषा घताने रहेका छन ।
अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी संस्थापक अध्यक्ष जिफन्ट महिला राष्ट्रिय कमिटिका पुर्वअध्यक्ष मिना गुरुङले नवनिर्वाचित कार्यसमितिलाई बधाई एवं शुभकामना व्यक्त गर्दै हरेक महिलालाई सिपमुलक एवं व्यत्तित्व र नेर्तत्वमुलक तालिमको माध्यमबाट उद्यमशिल र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएकी थिईन ।
कार्यक्रममा जिफन्ट रास्ट्रिय कमिटी सद्स्यहरु पम्फा देवकोटा पहारी, सुमन गुरुंग, जिफन्ट गण्डकी प्रदेश कमिटी उपाध्यक्ष लिला बहादुर कार्की, सचिब जिना मगर, सह–सचिब संगीता पाण्डे, सदस्य दुर्गा केसी, नाबुन केन्द्रीय सदस्य नूर गुरुंग, नाबुन निवर्तमान आर्थिक सचिब माया पुन गुरुङ नाबुन गण्डकी प्रदेश पालिका कमिटी अध्यक्ष ज्ञानु दर्जी, पोखरा महानगर ईकाई कमिटी सदस्य विमला पुन लगायतको उपस्थीती रहेको थियो ।
संस्थाकी अध्यक्ष गोमा पुन रानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष लता गुरुङले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन सचिव संगिता केसीले गरेकी थिईन ।
Discussion about this post