• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

उपमेयरसँग बिद्यार्थी अन्तरसंवाद

Lekhnath Khabar by Lekhnath Khabar
June 3, 2023
in शिक्षा, समाचार, स्थानीय
0
0
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

 

जेठ, २० लेखनाथ ।
स्थानीयस्तरमा महिला हिंसा सम्बन्धि मुद्दा र न्यायिक निरुपण विषयमा बिहिबार पोखरा महानगरपालिकाका उपमेयर मन्जु देवि गुरुगसँग पोखरा महानगरपालिकाभित्रका बिभिन्न बिद्यार्थीहरुको सवाल जवाफ तथा अन्तरसंवाद सम्पन्न भयो ।

पोखरा महानगरपालिका शिक्षा महाशाखा र गण्डकी बहुप्राविधिक शिक्षालयले कार्यक्रम आयोजना गरेको हो । स्थानीय सरकारको न्यायिक निरुपण प्रक्रिया र न्यायिक समितिका काम का बारेमा उच्च माध्यमिक तहका विद्यार्थीलाइ सुसूचित गराउनु कार्यक्रमको उद्देश्य हो ।

अन्तरसंवादमा बिद्यालयका छात्राहरु सहभागि थिए । पोखरा सभागृहमा भएको उक्त अन्तरसंवादमा भाग लिनकालागि पोखरा भित्रका करिव एक दर्जन भन्दा बढि बिद्यालय र कलेजबाट बिद्यार्थीहरु आएका थिए ।

पालिकाहरुमा उपप्रमुखको भूमिका महत्वपुर्ण हुने र कानुनलेनै तोकेका वा अतिरिक्त समेत गरि धेरै थरिका जीम्मेवारी बहन गरिरहेका उपप्रमुखले बिद्यालयका बिद्यार्थीका गुनासा पनि सुन्नुपर्ने मान्यतामा यो अन्तरसंवाद गरिएको गरिएको गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्षमण तिमिल्सनाले बताउनुभयो । यस अघि गत फागुनमा प्राविधिक शिक्षाका विषयमा मेयेरसँग बिद्यर्थाी अन्र्तसंवाद भएको थियो ।

स्थानीय सरकार संचालन ऐन २०७४ ले हरेक पालिकाका उपप्रमुखलाइ न्यायिक समति, राजस्व परामर्श समिति, योजना प्राथमिकिकरण समिति र सामाजिक विकास समितिको संयोजकको जिम्मेवारी सुनिश्चित गरेको छ । यसका अतिरिक्त, पोखरा महानगरपालिकाकी उपमेयर मन्जुदेवि गुरुग, बाल संरक्षण समिति संयोजक समेत हुनुन्छ ।

No description available.

अन्तरसंवादमा सहभागित छात्राहरुले, सामाजिक रुपमा महिला प्रतिको परम्परागत सामाजिक दृष्टिकोण परिवर्तन गर्नुपर्ने, टिकटक लागायत सामाजिक संजाल मार्फत किशोरी हरु प्रति दुव्र्यवहार निगरानी गर्नुपर्ने, विद्यालयका शिक्षकहरुबाट किशोरीहरुलाइ यौनजन्य हिंसा भएमा कडा कार्वाहि तथा निगरानी गर्नुपर्ने, किशोरीहरुलाइ घर परिवार लगायत बिद्यालयमा बिना तनाव पढ्न लेख्न पाउने अधिकार सुनिश्चत गर्नुपर्ने लगायतका प्रश्न तथा सुझाव प्रस्तुत गरेका थिए ।

अन्तरसंवादका क्रममा कार्यक्रमका मुख्य वक्ता पोखरा महानगपालिका की उपमेयर मन्जु देवि गुरुङले न्याययिक समिति लगायतका विभिन्न समितिको संयोजकको रुपमा जीम्मेवारी वहन गर्ने क्रममा स्थानीयस्तरका महिला,उनिहरुका समस्या र अवसरहरुका विषयमा बोल्नुभएको थियो । उहाँले, महानगरपालिकाका हरेक शाखाका कामहरु न्यायिक समति र योजना शाखासँग प्रत्यक्ष अप्रत्यक्ष संबन्धित हुने भन्दै महिला, बालबालिका र विशेषगरि छात्राको हक अधिकार सुनिश्चत गर्न आँफू लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

No description available.

संचारकर्मी तथा अध्यापक स्मीता अधिकारीले उक्त अन्तरसंवादको सहजीकरण गर्नुभएको थियो । पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य, गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्षमण तिमिल्सीना, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटिका प्रमुख दामोदर देवकोटा, पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्र प्रमुख नवराज अधिकारी लगायतको उपस्थीतिमा उक्त अंतरसंवाद भएको हो । कार्यक्रममा बिद्यालयका शिक्षक शिक्षीकाको प्रतिनिधित्व गर्दै करुणानिधि एजुकेशन फाउण्डेशनका प्राचार्य डिल्लीराम अधिकारीले बोल्नुभएको थियो । कार्यक्रमको समापन गण्डकी बहुप्राविधिक शिक्षालय संचालक समति सदस्य, प्रा.डा. सरस्वती न्यौपानेले गर्नुभएको थियो ।

Previous Post

राष्ट्रिय स्वतन्त्र पार्टी, पोखरा २६ मा बैकुण्ठ वराल

Next Post

चार युवा द्वारा बिद्यार्थीहरुलाई सहयोग

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
चार युवा द्वारा बिद्यार्थीहरुलाई सहयोग

चार युवा द्वारा बिद्यार्थीहरुलाई सहयोग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?