जेठ २०, लेखनाथ
पोखरा महानगरपालिका वडा नं.२६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा बैकुण्ठ वराल चयन भएका छन् । समितिको उपसभापतिमा लक्ष्मी रानाभाट, सचिवमा विष्णु प्रसाद सापकोटा र सदस्यहरुमा चन्द्रज्योती ढुगाना, मेख बहादुर बञ्जरा, अप्सरा पौडेल वराल, कृष्ण कार्की, मुना कुमारी घिमिरे, भरत पौडेल, यदुलाल लामिछाने र रमेश परियार रहेका छन् ।
त्यसैगरि संस्थापक अध्यक्ष हित बहादुर थापा वरिष्ठ सल्लाहकारमा चयन भएका छन् भने अन्य सल्लाहकारमा हरि प्रसाद अधिकारी, आनन्द वजगाई, रामजी बराल, शिव प्रसाद अधिकारी, खेमलाल अधिकारी, रोहित प्रसाद बराल, रेवती अधिकारी, नारायण प्रसाद रानाभाट, खेमराज बराल, जिवन ढुगाना, एकेन्द्र बञ्जरा र नारायण लामिछाने रहेका छन् ।
सो भेलाले एल पी ढुगानाको संयोजकत्वमा र्र्यपिड एक्सन टिमको समेत गठन गरेको छ । जसमा सुर्यनाथ ढुगाना, विष्णुहरि अधिकारी, खेम शर्मा र सुर्यनाथ लामिछाने सदस्य रहेका छन्।
Discussion about this post