पोखरा महानगरपालिमा एक वडा एक स्मार्ट शौचालय योजना अन्तर्गत प्रत्येक वडामा स्मार्ट शौचालय निर्माण भईरहेको छन्।
पोखरा ३१ ले पनि बेगनासताल पर्यटकीय गन्तव्य भएको हुँदा स्मार्ट शौचालय बेगनासताल मा नै बनाउने योजना बनायो।
महानगरले तोके अनुसार खोलाको मापदण्ड र अपाङ्ग मैत्री शौचालय हुनपर्ने प्राबधान थियो तर सो कुराको वेवास्ता गर्दै पोखरा ३१ का वडाध्यक्ष ढकानाथ कडेलले तालको बाध छेउ ओभरफ्लो नजिकै शौचालयलाई सिफारिस र उद्घाटन गरिदिए।
यसरी निर्माण गर्दा भविष्यमा नराम्रो प्रभाव पर्ने भएकोले स्थानिय युवाहरुले विरोध जनाउदै वडा संग वैकल्पिक उपाय खोजेर निर्माण गर्ने सहमति गरेका थिए।
यधपी जिल्ला प्रशासन कार्यालयबाट प्रमुख अधिकारीको सहमतिमा फेरि काम सुरु हुँदा युवाले पुन बिरोध गरेका थिए।
त्यसपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको ठाडो आदेशमा सो कार्य स्थगित भयो। जनप्रतिनिधिले नै स्थानीय साधन र स्रोतको दुरुपयोग गरेपछि युवा अग्रसर भएर काम रोकेको सायद यो नौलो घटना होला।
- स्थानिय आवाज।
Discussion about this post