जेठ ७, पोखरा । नेपाल दशनामी समाज गण्डकीको अध्यक्षमा मोती गिरी चयन भएका छन । संस्थाको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशन तथा साधारणसभा ले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको बरिष्ठ उपाध्यक्षमा वसन्त गिरी(नवलपरासी), प्रथम उपाध्यक्षमा योगराज गिरी(पर्वत), उपाध्यक्षमा ज्ञान गिरी(म्याग्दी), सचिवमा देवराज गिरी(कास्की), सह–सचिवमा सागर गिरी(गोरखा), कोषाध्यक्षमा विष्णुमाया गिरी(लमजुङ) रहेका छन ।
यस्तै सदस्यहरुमा चिन्तु गिरी(स्याङ्गजा), राजेन्द्र गिरी(म्याग्दी), नारायण गिरी(तनहुँ), गोबिन्द गिरी(कास्की), उमा गिरी(पर्वत), ईन्दिरा गिरी(नवलपुर), ममता गिरी(तनहुँ), ऋषीराम पुरी(लमजुङ), विनु गिरी(स्याङ्गजा) र कृष्ण गिरी(नवलपरासी) रहेका छन ।
नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष तुलसी गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी केन्द्रीय अध्यक्ष गोविन्द विक्रम गिरीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै समाजको हितलाई मध्यनजर गर्दै सामाजिक हितमा लाग्न आग्रह गरेका थिए ।
समाजको कास्की जिल्लाकी अध्यक्ष हिरा गिरीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन केन्द्रीय महासचिव जगत मोहन गिरीले गरेका थिए ।
Discussion about this post