• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ नगरपालिका पुर्नस्थापना गर्नुपर्नेमा जोड

Lekhnath Khabar by Lekhnath Khabar
May 2, 2023
in समाचार, स्थानीय
0
0
SHARES
191
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली, वैशाख १८, लेखनाथ । साविक लेखनाथ नगरपालिका पुर्नस्थापना गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । राज्यको पुर्नसंरचना सँगै लेखनाथ नगरपालिका पोखरा महानगरपालिकामा मिसिए पनि लेखनाथवासिहरुको मन र भावना मिसिन नसकेको भन्दै वक्ताहरुले साविक लेखनाथ नगरपालिकालाई पुनस्थापना गर्नुपर्नेमा जोड दिएका हुन ।

जागरुक नागरीक समाज पोखरा–२६ ले आयोजना गरेको साविक लेखनाथ हिजो आज र भोली विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले पर्याप्त सम्भावना हरु हुँदा हुँदै पनि जनताले अपेक्षा गरेअनुरुप विकास हुन नसकेको र महानगरले साविक लेखनाथलाई हेर्ने दृष्टिकोणनै भेदभावपुर्ण रहेको भन्दै लेखनाथ नगरपालिकालाई पुनस्थापना गर्नुपर्ने वताएका हुन ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै लेखनाथ नगरपालिकाका संस्थापक मेयर शालिग्राम पौडेलले सात तालको बगैंचा शहरको पहिचान बनाउँदै तत्कालिन अवस्थामा २२ नगरपालिकाहरु मध्ये सबैभन्दा उत्कृष्ट नगर हुन सफल लेखनाथलाई पोखरा महानगरमा गाभिए पनि जनताको अपनत्व र सहभागिता हुन नसकेको र राजनैतिक नेर्तत्वले समेत गल्ती महशुस गरेकाले आगामी दिनमा सबै जनता एकजुट भएर पुर्नस्थापनाको लाग अगाडि वढ्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले स्थानीय तहको पुर्नसंरचनाका बखत ग्रेटर पोखराको लालिपप देखाएर महानगरमा गाभिएपनि अहिलेको अवस्थासम्म आईपुग्दा उक्त अवधारणा विफल सिद्ध भएको र यसले लेखनाथवासीमा चरम निराशा छाएको, सन्तुलीत विकास हुन नसकेको र लेखनाथको पहिचान नै गुम्ने अवस्था रहेको भन्दै अबका दिनमा विगतका त्रुटी सच्याएर अगाडी वढ्नुपर्ने वताएका थिए ।

नेपाली काँग्रेसका क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेले आफुले पटक पटक लेखनाथलाई पोखरामा नमिसाउन खबरदारी गरेको भएपनि आफ्नो केही सिप नलागेको र अहिले लेखनाथवासी अत्यन्त पिल्सिएको अवस्थामा आईपुगेका वताए ।

उक्त अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष क्षत्रधर आत्रेयले लेखनाथ पोखरामा गाभिएकोमा लेखनाथवासीहरु सन्तुष्ट हुन नसकेको र पोखरावासीहरुले पनि आफ्नो भाग खोसीएको महशुस गरेको आफुले पाएको वताउँदै यो सामुहिक मुद्धा भएकोले सामुहीक रुपमा उठाउनुपर्नेमा जोड दिंदै यसमा लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो भुमिका निर्वाह गर्न तयार रहेको वताएका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्षहरु चतुराखर अधिकारी, लक्ष्मीप्रसाद त्रिपाठी, लक्ष्मी आर्दश बहुमुखी क्याम्पसका प्रमुख रामजी लामिछाने, अधिवक्ता लेखनाथ सापकोटा, लेखनाथ सामुदायीक सेवा केन्द्रका संस्थापक अध्यक्ष मोती गिरी, श्रुजनशिल महिला समुहकी गंगा जिसी, पत्रकारहरु कविराज खनाल, भिमपाणी बराल, स्थानीय हरिप्रसाद त्रिपाठी, कृष्णप्रसाद पौडेल, मेघराज पौडेल, गणपती ओझा लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष रामहरी ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष जगन्नाथ तिमिल्सीना र कार्यक्रमको सञ्चालन सचिव सावित्रि भटृराईले गरेकी थिईन ।

Previous Post

लेखनाथमा नेपाल भाषा तालिम

Next Post

एसइइ दिएका बिद्यार्थीलाइ नि:शुल्क कम्प्युटर तालिम

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
एसइइ दिएका बिद्यार्थीलाइ नि:शुल्क कम्प्युटर तालिम

एसइइ दिएका बिद्यार्थीलाइ नि:शुल्क कम्प्युटर तालिम

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?