लेखनाथ, बैशाख २ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजना एवं अर्घौंपौवा नेवा खलःको सहकार्यमा १ महिने नेपाल भाषा तालिम शनिबारबाट शुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं मुख्यमन्त्री कार्यालयका सचिव बिनोद बहादुर कुँवरले विभिन्न समुदायका धर्म, रितिरिवाज, भाषा, संस्कृतिलाई संरक्षण गर्ने सवालमा प्रदेश सरकार सदैव सजग रहेको वताउँदै प्रज्ञा प्रतिष्ठानमार्फत यस्ता कार्यक्रमहरु सञ्चालन गरिने वताए ।
उक्त अवसरमा संस्थाका अध्यक्ष प्रकाशलाल श्रेष्ठले कुनै पनि समुदायको पहिचान भनेको भाषा, संस्कृति र रितीरिवाज नै भएकाले यसको जर्गेनाको लागी स्वयं समुदाय नै लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेवाः खलः कास्ककिा अध्यक्ष अशोक पालिखे, कास्की जिल्ला ल्यामः पुच का अध्यक्ष मधुसुधन जोशी, कासकी जिल्ला मिसा पुचका अध्यक्ष संगिता बज्राचार्य, लेखनाथ नेवा खलका अध्यक्ष भैरवलाल श्रेष्ठ, लेखनाथ सामुदायीक सेवा केन्दका अध्यक्ष कृष्ण प्रसाद अधिकारी लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष रेश्मा श्रेष्ठले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन बालगोपाल श्रेष्ठले गरेका थिए ।
बैशाख ३ गतेबाट जेठ ३ गतेसम्म गरी १ महिनासम्म सञ्चालन हुने उक्त तालिममा मधुसुदन जोशी र भरतलाल श्रेष्ठले प्रशिक्षकको भुमिका निर्वाह गर्नेछन ।
Discussion about this post