लेखनाथ, बैशाख २ । नव वर्ष २०८० को अवसरमा लेखनाथ सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवाले शनिबार शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विकृती विसंगती रहित समाजको निर्माणको लागि संस्थाले गर्दै आएको कार्यको प्रशंसा गर्दै आमागी दिनमा अझै शसक्त रुपमा लाग्न आग्रह गरेका छन ।
यस्तै ईलाका प्रशासन कार्यालय ढुंगेपाटन खुदीका प्रमुख कमलराज भण्डारीले समाजमा शान्ति–सुरक्षा र अमन चयन कायम राख्ने सवालमा सेवा केन्द्रले गरेको योगदान उल्लेखनीय रहेको वताउँदै यसलाई कायम राखिरहनु राज्यको निति भएको वताए ।
गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन कुमार तिमिल्सीनाले नर्व वर्ष २०८० लाई दुर्घटना विहिन वर्ष बनाउन राज्यका सबै निकाय, सामाजिक संघ संस्था र नागरीकहरु लाग्नुपर्ने वताएका थिए ।
उक्त अवसरमा सामुदायीक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारी, संस्थाका निवर्तमान अध्यक्ष त्रिलोचन लामिछाने, पोखरा महानगरपालिका वडा नं.२७ का अध्यक्ष पुर्ण कुमार गुरुङ, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बजगाई, लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष बलराम ढकाल लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गंगा मल्लले स्वागत गरेकी थिईन भने कार्यक्रमको संञ्चालन सचिव केशव तिवारीले गरेका थिए ।
Discussion about this post