लेखनाथ,२७ चैत ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सोमवार तालचोक–बेगनास सडक मार्गको सिलन्यास गरेका छन् । प्रमुख आचार्यले पोखरा महानगरपालिका वडा नंं २७ तालचोक देखि पुर्व पट्टी बेगनास सम्मको ३.८ किलोमिटर सडकको सिलन्यास गर्दे आचार्यले सडकको गुणस्तरीयतामा ख्याल गर्न स्थानीय सँग आग्रह गर्दै स्थानीयले सडक खण्डमा पर्ने आफ्ना निजी संरचना हटाएर निर्माणमा सहयोग गर्न समेत आग्रह गरेका थिए ।
सोही अवसरमा प्रमुख आचार्यले आगामी दुईवर्ष भित्र बाटोको निर्माण कार्य सम्पन्न भई २०८१ चैत्र २६ गते जनआन्दोलनको दिनपारी सडकको उद्ध्घाटन गर्ने मिति समेत घोषणा गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका ईन्जिनियर नविन गौतमले विश्व बैकको आर्थिक सहयोगमा निर्माण हुने सडकको कूल लागत १ अर्व २३ करोड २ लाख ६० हजार ३ सय ७४ रुपैया रहने छ । सडक ३.८ किलोमिटर नाली सहित ४ लेनको सडकमा २.५ मिटरको पार्किङ, १.५ मिटरको साइकल ट्रेक र २ मिटरको नाला सहितको फुट ट्रयाक रहने जानकारी गराएका थिए ।
निर्माण कम्पनी स्वछन्द सपना वोड वाइट जेवीका प्रतिनिधिले नारायण प्रसाद भुषालले परामर्श दाताको निर्देशन अनुसार स्थानीयको सहयोगमा निर्धारित समय भित्रै गुणस्तरीय काम गरेर देखाउने प्रतिवद्धता जाहेर गरे ।
पोखरा महानगरपालिका वडा नं.२७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ्ले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन महानगरपालिका का प्रवक्ता वडा नंं २५ का वडा अध्यक्ष मोतीलाल तिमल्सेनाले गरेका थिए ।
Discussion about this post