पोखरा , चैत २५
बेगनासतालको नहरचोक नमुना टोलविकास संस्थाको तेस्रो साधरणसभा तथा दोस्रो अधिवेशन शनिबार एक समारोहका बिच सम्पन्न भएको छ ।
अधिवेशनले तुलसी थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष, सचिव, सहसचिव , कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमश लक्ष्मी कोइराला, सोविता ओझा तिवारी, दुर्गा आचार्य, लक्ष्मी बराल र तारा तिवारी चयन भएका छन्।
त्यसैगरि उक्त समितिको सदस्यहरुमा विनु केसी सापकोटा, पुजा विक, सिता अधिकारी, गोमा सुवेदी, अम्बिका कँडेल चयन भएका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा वडा नं ३१ क वडा सदस्य देवेन्द्र तिवारीले महिला हरुको एकता समाज विकासका लागि अपरिहार्य भएको बताएका थिए । उद्घाटन समारोहमा स्थानीय सामाजिक व्यक्ति सोमलाल तिवारी र कृष्ण प्रसाद तिमिल्लसनाले मनतव्य व्यक्त गरेका थिए ।
अधिवेशनको उद्घाटन सत्र नहरचोक नमुना टोलविकास संस्थाकी अध्यक्ष सुधा थापाको अध्यक्षतामा भएको थियो । अधिवेशनले थापा र रन्जु बराललाइ सल्लाहकारमा चयन गरेको छ।
Discussion about this post