लेखनाथ,२७ चैत ।
देश भरि छरिएर रहेका कालिकोट भारद्धाज गोत्रिय घर्तीक्षेत्री जि सी बन्धुहरु संगठित हुने भएका छन् । यसैक्रममा सोमवार पोखराको लेखनाथमा भएको केन्द्रिय प्रथम भेलाले कमल कुमार जिसी(वाग्लुङ) को संयोजकत्वमा तदर्थ समिति गठन गरि संगठित हुने अभियान चलाएको हो ।
जिसी बन्धुहरुको उद्गम स्थलको खोजी गर्दै देश भरि छरिएर रहेका दाजु भाईहरुलाई संगठित गर्दै भाईचारको सम्वन्ध विस्तार गर्ने उदेस्यले भएको भेलाले तदर्थ समिति गठन गरि बंशावली देखि ईतिहासिक पक्षलाई लिपीबद्ध गर्ने निर्णय भएको हो ।
पोखरा २६ अर्घौ निवासी ९५ वर्षिय चन्द्र बहादुर जिसीको अध्यक्षतामा भएको भेलाले बिभिन्न जिल्लाको प्रतिनिधीत्व हुने गरि समिति निर्माण गरेको छ । जसको सह संयोजकमा प्रेम बहादुर जिसी(पाल्पा),सचिव तिल बहादुर जिसी (पर्वत) र कोषाध्यक्षमा विष्णु जिसी (नवलपुर)लाई चयन गरेको छ ।
यसैगरि समितिको सदस्यहरुमा भरत जिसी (तनहु),कृष्ण जंग जिसी (कास्की),लक्ष्मण जिसी (पाल्पा),मोहन बहादुर जिसी (पुठान),शिशिर जिसी (नवलपुर),कृष्ण बहादुर जिसी (गुल्मी) र डिल बहादुर जिसी (प्युठान)रहेका छन् भने सोही भेलाले सल्लाहकार समितिको समेत चयन गरेको छ जसमा प्राडा सुर्य बहादुर जिसी(रुपन्देह्)ि ,सह प्रध्यापक सुर्य बहादुर जिसी(कास्की),कमलहरि जिसी( तनहुँ),हर्क बहादुर जिसी(गुल्मी),धर्म बहादुर जिसी(नवलपुर),रामकृष्ण जिसी (कास्की),किसान जिसी(वाग्लुङ),बालकृष्ण जिसी (वाग्लुङ) र मनहरि जिसी (कास्की)रहेका छन् भने कानुनी सल्लाहकारमा अधिवक्ता प्रसान्त जिसी र दुर्गा जिसी रहेका छन् ।
Discussion about this post