• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

कोरोना संक्रमितको संख्या वढ्न थाले

Lekhnath Khabar by Lekhnath Khabar
April 5, 2023
in समाचार, स्थानीय
0
0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
लेखनाथ २२ चैत्र । कास्कीको पोखरा महानगरपालिका ३० मा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमितको संख्या वढ्न थालेका छन ।

पछिल्लो एक सातामा मात्रै अस्पतालमा १९ जनाको एन्टिजेन विधिमार्फत कोरोना परिक्षण गरिएकोमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले जानकारी दिएका छन । संक्रमित मध्ये ३ जना महिला र ३ जना पुरुष रहेका छन ।

नेपालमा अहिले संक्रमितको संख्या बढ्नुमा ओमिक्रोनको नयाँ सब भेरियन्ट मुख्य कारक हुन सक्ने निर्देशक गौचनले वताए । यद्यपी अस्पतालमा संक्रमण पुष्टि भएकाहरुको हकमा भने जिन सिक्वेन्सिङ रिपोर्टको आधारमा मात्र कुन भेरियन्ट हो भनेर थाहा लाग्ने उनले वताए ।

संक्रमितको संख्या वढ्न थालेसँगै अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाउनेको संख्यामा पनि वृद्धि भएको छ । अस्पतालबाट सञ्चालन भईरहेको नियमित खोप कार्यक्रम मार्फत पछिल्लो १ सातामा औषत ४० जनाले कारोना विरुद्धको खोप लगाउने गरेको अस्पतालका सुचना अधिकारी केदार लामिछानेले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन पटकपटक आग्रह गर्दै आईरहेको छ । स्वास्थ्य सेवा विभागले पछिल्लो पटक बुस्टर र दोस्रो बुस्टरका लागि तीस लाख डोज फाइजर खोप ल्याएको छ । कोभ्याक्स सुविधामार्फत् ल्याइएको सो खोप अहिले प्रदेशस्तरबाट वितरण भइरहेको र अस्पतालबाट निशुल्क रुपमा लगाउन सकिने लामिछानेले जानकारी दिए ।

कोरोना संक्रमण बढी हुँदा संक्रमितको मात्र उपचार गरेको अस्पतालले केही समय अघिमात्र अन्य सेवा सुरु गरेको थियो । ५० बेड क्षमताको अस्पताल गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको हो ।

नेपालमा अहिले दिइरहेको फाइजर बाइभ्यालेन्ट खोपले ओमिक्रोनका सब भेरियन्टहरूविरुद्ध पनि काम गर्ने अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले पुष्टि गरिसकेको छ । यस अर्थमा फाइजर बुस्टर डोजले ओमिक्रोनका सब भेरियन्टहरूबाट सिकिस्त गराउने जोखिम कम गराउने देखिएको छ ।

Previous Post

नगर प्रमुख वाट बेगनासकोट भैरव मन्दिरको समुद्घाटन

Next Post

वार्षिकोत्सवका अवसरमा वृद्ध वृद्धाहरुलाई भोजन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
वार्षिकोत्सवका अवसरमा वृद्ध वृद्धाहरुलाई भोजन

वार्षिकोत्सवका अवसरमा वृद्ध वृद्धाहरुलाई भोजन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?