लेखनाथ, २५ चैत्र ।
शनिवार पोखरा ३२ लामेआहल स्थित राधाकृष्ण वृद्धाश्रममा बिहानै देखि किचन ड्रेस लगाएर खाना बनाउदै गरेको दृश्य अत्यन्तै अनौठो बन्यो। सो दृश्यमा पोखरा २७ तालचोकमा रहेको सेभेन लेक्स रिर्सोटले आफ्नो चौंथो बार्षिकोत्सवको अवसरमा उक्त वृद्धाश्रमको प्राङ्णमै पुगेर बिहानको खाना बनाउदै थिए।
उक्त वृद्धाश्रममा रहेका वृद्ध वृद्धाहरुलाई मध्यान्ह भोजन गराउनुका साथै खाद्यान्न, साबुन तथा टुथपेस्ट एवं नगद सहयोग प्रदान गरेको छ ।
सो वृद्धाश्रममा रहेका ६१ जना वृद्ध वृद्धाहरुलाई भोजन गराउँदै रिर्सोटका सञ्चालक बिबेक गुरुङले वार्षिकोत्सवको अवसरमा बुवा–आमाहरु सँग खुशी साट्ने अवसर पाएकोमा वृद्धाश्रम परिवारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि संस्थाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले वृद्ध आमा बुवाहरुलाई आफैले पकाएर न्यानो सत्कार गरेकोमा सेभेन लेक्स रिर्सोट परिवारलाई धन्यवाद व्यक्त गर्दै यसको सिको अन्य संघ संस्थाहरुले पनि गर्नुपर्ने वताएका छन ।
संस्थाका अध्यक्ष लिगलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सचिन रानाभाटले गरेका थिए ।
Discussion about this post