पोखरा महानगरपालिका वडा नं ३१ मा अवस्थित बेगनासकोटमा नवनिर्मित कोटभैरव मन्दिरको पोखरा महानगरका नगरप्रमुख श्री धनराज आचार्यले चैत्र अष्टमी ९ चैते दशैका दिन एक समारोहका विच उदघाटन गर्नुभएको छ ।
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएको यस मन्दिरको गत वर्षको चैत्र ९ गते तत्कालिन माननिय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिलान्यास गर्नुभएको थियो ।
गण्डकी प्रदेश सरकारले गत आर्थीक वर्षमा मन्दीर तथा क्षेत्र संरक्षणको लागि रु २० लाख विनियोजन गरेकोमा चालु आर्थिक वर्ष रु १५ लाख विनियेजन भएको थियो । कार्यक्रममा नगरप्रमुख श्री धनराज आचार्यले पोखरा महानगरवाट यस आर्थिक वर्षको लागि विनियोजन भएको रु २५ लाख वजेटमा निर्माण हुने कोटभैरव क्षेत्र संरक्षण आयोजनाको समेत शिलान्यास गरी शुभारम्भ गर्नुभएको थियो ।
भुपेन्द्र रानाभाटको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख आचार्यले बेगनासकोट बराहक्षेत्र तथा बराहक्षेत्र बेगनासकोट पदमार्गलाइ धार्मिक पर्यटन साथै हाइकिङ क्षेत्रको रुपमा एकिकृत विकास गर्नुपर्नेमा जोड दिदै पोखरामा रहेका कोटहरुको विकासको लागि महानगर लागी रहेको जानकारी गराउनु भयो ।
समारोहमा नेपाल सरकारका उपसचिव वसन्त तिवारीले विकासलाइ आर्थिकवृद्धी तथा आय आर्जनमा जोड दिदै पर्यटकलाइ आउ आउ लाग्ने ठाउ वनाउन सकियो भने मात्र पर्यटकको आगमन हुनेमा जोड दिनुभयो । वडा नं ३१ का वडा अध्यक्ष ढकनाथ कडेलले आफ्नो वडा भौगोलिक रुपमा ठुलो रहेको तर विकासमा पछाडी रहेकोले विद्यमान वडाका समस्याहरुका उल्लेख गर्दै थप श्रोत परीचालनको लागि जोडदिनु भयो ।
श्रीराम कडेलले संचालन गर्नु भएको तथा लोकनाथ पाण्डेले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा गोकर्ण तिवारी, मदन सापकोटा, अमृत पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
Discussion about this post