लेखनाथ १९ चैत्र । गण्डकी प्रदेश सरकार मातहत रहेको संक्रामक तथा सरुवा रोग अस्पतालमा पोखरा–३० मोहोरीयामा पहिलो पटक हाईड्रोसिलको सफल शल्क्रिया गरिएको छ ।
माछापुच्छ्रे गाउँपालिका वडा नं.६ निवासी ६० वर्षीय पुरुष लामो समय देखि हाईड्रसिलको समस्याबाट पिडित रहेकोमा अस्पतालले निगरानीमा राखिरहेकोे र आईतवार उनको शल्यक्रियाको माध्यमबाट सफल उपचार गरिएको डा. सन्दिप ओझाले जानकारी दिए ।
उनको हात्तिपाईले रोग पहिचान, रोकथाम नियन्त्रण तथा उपचार कार्यक्रम अन्र्तगत निशुल्क रुपमा शल्यक्रिया गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक समेत रहेका डा. विकास गौचन, डा. सन्दिप ओझा, नर्स नम्रता बाँस्तोला र सुनिता रेग्मीको टिमले सफल शल्यक्रिया गरेको हो ।
शल्यक्रिया पछि विरामीलाई अस्पतालमै भर्ना गरेर राखीएको र उनको अवस्था सामान्य रहेको वताईएको छ । उनलाई केही दिनको निगरानीपछि डिस्चार्ज गरिने पनि अस्पताल श्रोतले जानकारी दिएको छ ।
Discussion about this post