लेखनाथ १७ चैत्र । पृथ्वी राजमार्ग अन्र्तगत मुग्लीङ पोखरा सडक खण्ड विस्तारको क्रममा कोत्रेदेखी विजयपुरसम्मका विभिन्न खानेपानी आयोजनाहरुको पाईपलाईनमा हुने क्षतिको मुल्याङकनका लागी अनुगमन समिति गठन गरिएको छ ।
लेखनाथ खानेपानी उपभोक्ता संस्थाको कार्यालयमा आयोजनाका प्रतिनिधि, खानेपानी संस्थाका प्रतिनिधि र प्रभावित क्षेत्रका वडाध्यक्षहरु सहितको भेलाले आयोजनाका ईञ्जिनियर नारायण पौडेलको संयोजकत्वमा ६ सदस्यीय अनुगमन समिति गठन गरेको हो ।
अनुगमन समितिको अन्य सदस्यहरुमा आयोजनाका सिनियर ईन्जिनीयर सरोज वस्नेत, निर्माण कम्पनीका प्रतिनीधि सिवासिस सिं स्वर, खानेपानी उपभोक्ता संस्थाका उपाध्यक्ष पुष्पकमल ढुंगाना,सदस्य दिपकमणी भण्डारी र खानेपानी उपभोक्ता सस्थाका ईन्जिनियर रमेश गिरी रहेका छन । समितिले १५ दिन भित्र अनुगमन गरी लागत ईस्टिमेट खानेपानी उपभोक्ता संस्थामा पेश गर्ने भएको हो ।
पृथ्वीराज मार्ग मुग्लीङ सडक योजना पश्चिम खण्ड विस्तारको क्रममा कोत्रे देखि विजयपुर सम्मको सडक खण्डको वाटोको दायाँ वायाँको करिव २२ किलोमिटरको पाईप लाईनमा क्षेत्री पुग्ने देखिएको छ ।
उक्त क्षेत्रमा पर्ने पाईप लाईन स्थान्त्रण तथा मर्मतका लागि १७ करोड ७० लाख ७१ हजार छ सय १२ रुपियाँ वरावरको रकम खर्च हुने लागत स्टमेट गरि पनि काम गर्दा कम भन्दा कम क्षेत्री पुग्ने र दिर्घकालीन रुपमा समस्य नआउने गरि काम गर्नका लागि जनस्तरमा सहजीकरणका लागि समितीले काम गर्ने भएको हो ।
लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मुग्लीङ पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख अमित कुमार श्रेष्ठ र ई.नारायण पौडेलले कम भन्दा कम क्षेत्री हुने गरि काम गर्नका लागि सहज वातावरणको आवस्यक पर्ने सुझाव राखेका थिए ।
कार्यक्रममा सस्थाका सल्लाहकार विश्वप्रकास लामिछाने,पोखरा महानगरपालिका वडा नं ३२ का वडाअध्यक्ष अक्कल बहादुर कार्की, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका उपाध्यक्ष पुप्पकमल ढुगाना र सचिव नारायणी भटराईले आम उपभोक्ताको हितमा हुने गरि कामलाई अगाडी वढाउनु पर्नेमा जोड दिएका थिए ।
Discussion about this post