पोखरा, २३ फागुन । साबिक लेखनाथमा पहिलो पटक वडा स्तरिय महिला सन्जाल गठन भएको छ । ११३औं नारी दिवसको अवसरमा लक्ष्मी देवी भटृराईको संयोजकत्वमा ७ सदस्यीय महिला सन्जाल गठन भएको हो ।
पोखरा महानगरपालिका वडा न २६ को पहलमा वडा कार्यालयमा स्थानीय महिलाहरु भेला बसी संजाल गठन गरिएको हो । स्थानीय तहमा लक्षित बर्ग बजेट कार्यन्वयन गर्न उपयुक्त उपभोक्ता समिती को अभाव पूरा गर्न स्थानीय महिला सन्जाल आवश्यक भयेको वडा २६ कि वडा सचिब मिना भट्टराई भन्डारीले जानकारी दिईन ।
नव गठित ७ सदस्यीय तदर्थ समितीले अन्य महिला लाई पनि समिती मा आवद्द गर्दै स्थानीय स्तरमा बिकासका काम गर्ने छ । समितिमा स्थानीयस्तरका विभिन्न राजनितीक दल र सामाजिक क्षेत्रमा सक्रिय महिलाहरु छन । कार्यक्रमको सहजीकरण अधिवक्ता माधवी पाण्डेले गरेकी थिईन ।
Discussion about this post