लेखनाथ, फागुन २२ । गण्डकी मिजार समाज र धादिङ पोखरा क्षेत्र नं.२ लेखनाथ कल्याणकारी समाज पोखरा–२६ को आयोजनामा सोमबार जनचेतनामुलक कार्यक्रम समपन्न भएको छ ।
लागुऔषध सेवन आफु पनि नगरौं, अरुलाई पनि नगराऔं, महिला हिंसा वा घरेलु हिंसा बन्द गरौं, बालबालिकाको संरक्षण गरौं, दृष्टिविहिन तथा अपाङ्ग व्यक्तिलाई सहयोग गरौं, धुम्रपान, मद्यपान तथा सुर्तिजन्य पदार्थको सेवन नगरौं लगायतका नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका वडा नं. २७ का अध्यक्ष पुर्ण कुमार गुरुङ्गले यस्ता कार्यक्रमहरुको माध्यमबाट गर्दै समाजमा सचेतना फैलाउँदै जानुपर्ने वताउँदै यस बाहेक पनि स्थानिय क्षेत्रमा विकास निर्माणका कार्यहरुमा हुने चुहावट, ढिलासुस्ती लगायतका विषयमा सचेत भएर अघि वढ्नुपर्ने वताएका थिए ।
वडाध्यक्ष गुरुङ्गले समाजलाई विकृती विसंगती रहित बनाउनका लागी सामाजीक संघ संस्थाहरुको पनि उत्तरदायीत्व र जिम्मेवारी हुने र जनप्रतिनिधि र सामाजिक संघसंस्थाहरु मिलेर समाजमा धेरै उल्लेखनीय कार्यहरु गर्न सकिने वताउदै आगामी दिनहरुमा समन्वय गरेर अगाडि वढ्न आग्रह समेत गरेका थिए ।
कार्यक्रममा वडा नं. २६ का वडा सदस्य सुदिपराज ढुंगाना, लायन्स क्लव ईन्टरनेशनलका डिष्ट्रिक अफिसर रामचन्द्र सेंढाई, लायन्स क्लव ईन्टरनेशनल ३२५ जे का जोन चियर पर्सन घनश्याम ढुंगाना, लायन्स क्लब अफ उन्नती चौतारीका अध्यक्ष मोहनराज आचार्य, जागरुक नागरीक समाज पोखरा–२६ का अध्यक्ष रामहरी ढुंगाना लगायतले बोलेका थिए ।
धादिङ पोखरा क्षेत्र नं.२ लेखनाथ कल्याणकारी समाज पोखरा–२६ का अध्यक्ष बुद्धराज बस्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी मिजार समाजमा अध्यक्ष गोपाल नेपालीले स्वागत गरेका थिए ।







Discussion about this post